पल्सर अवार्ड
नेपाली राष्ट्रिय महिला टोलीकी स्टाइकर सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ मा दशककी उत्कृष्ट महिला खेलाडी घोषित भइन् । त्यस्तै, टेबल टेनिसकी एलिना महर्जनले ‘पिपुल्स च्वाइस अवार्ड’ जितिन् ।

भारतको बैंग्लोरस्थित मेको कार्टोपिया रेसिङ ट्रयाकमा सम्पन्न जेके टायर एफएमएससीआई नेसनल कार्टिङ च्याम्पियनसिपअन्तर्गत गल्र्स सलालोम बाइकिङमा नेपालकी सुनिता देशार विजयी भएकी छिन् । देशारले बाइकिङतर्फ उक्त उपाधि हासिल गरेकी हुन् ।
उक्त इभेन्टमा नेपालबाट नितु श्रेष्ठ, सुनिता देशार, आयुषा शाक्य, आकृति बेलवासे तथा दीक्षा गौतम सहभागी थिए । यसमा मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय फेडरेसन एफआईको गल्र्स अन ट्रयाक प्रोग्रामअन्तर्गत एफआईए विमेन अन मोटर स्पोर्ट्सको समेत सहयोग थियो ।
नेपालमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले केही दिन पहिले मात्र कार्टिङको सुरुवात गरेको थियो । नेपाली महिला कार्ट्स ड्राइभरको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।