मनिकालाई  अन्तर्राष्ट्रिय  पदक

नारी संवाददाता

भाद्र २५, २०७६

तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडी मनिका सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । १ सय ६ राष्ट्रको सहभागिता रहेको उक्त प्रतियोगितामा ३ हजार ५ सय ६५ खेलाडी प्रतिस्पर्धामा थिए ।

तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलको नेतृत्वमा ६ जना नेपाली खेलाडीको सहभागिता रहेकोमा गोरखाकी मनिका सुनारले महिला काता (बोन) मा स्वर्ण पदक जितेकी हुन् । कोरियाली सरकारको स्वीकृतिमा दक्षिण कोरियामा २०१९ छन्ङजु वर्ड मार्शल आर्ट्स मास्टरसिप सम्पन्न गरिएको हो । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्