Successfully Copied

गार्डेनिङमा विविधता

संस्कार–संस्कृति र परम्पराअनुसार गठेमंगलमा काँडेबिरुवा ढोकामा हाल्ने प्रचलन छ । काँडेबिरुवा अशुभ हुँदैनन्, तर बालबालिकाको सुरक्षाका लागि त्यसको प्रयोग नगरेकै राम्रो वा गरिहाले पनि बालबालिकाले नभेट्ने ठाउँमा राख्नुपर्छ । इंग्ल्यान्डमा आविष्कार भएको विन्डोबक्सेस अहिले नेपालमा पनि विस्तार हुँदैछ ।

रेलिङ गार्डेनिङ

रेलिङ गार्डेनका लागि फरक–फरक रंगका बेगमबेली, जस्मिन, बेगोनिया, भिनिस्टर, प्रेमलता, घडीफूल आदि उपयुक्त हुन्छन् । रेलिङ गार्डेनिङ गर्दा विशेष गरी बिरुवा नहुर्किएसम्म अर्थात् रोपेको एक वर्षसम्म नियमित हेरचाह गर्नुपर्छ । यसका लागि सपोर्टिभ टुल्सका रूपमा डोरी, तार आदि प्रयोग गरिन्छ । रोपेको एक वर्षसम्म तीन–तीन महिनामा मल तथा नियमित रूपमा पानी हालिरहनुपर्छ । रेलिङमा लहरे प्रकृतिका बिरुवा रोप्नुपर्छ । यस्तो रेलिङ आउटडोर हुनुपर्छ । वाल, गेट तथा गार्डेनमा भएका रेलिङमा यस्तो गार्डेनिङ गरिन्छ । बिरुवामा रोग लागे औषधि छर्नुपर्छ । बिरुवा रोपेको एक वर्षपछि हुर्किसक्छ, त्यसपछि त्यसको लहरा कहाँ–कहाँ पठाउने त्यसलाई कटिङ गरेर कुन एरियामा राख्ने, कस्तो आकार दिने आफैंले तय गर्नुपर्छ ।

ह्यांगिङ, विन्डोबक्सेस 

तथा भर्‍याङ गार्डेनिङ

वाल ह्यांगिङ र भर्‍याङ गार्डेनिङमा सेमी इन्डोर प्लान्ट प्रयोग हुन्छन् । यस्ता बिरूवा हुर्काउँदा घामको किरण कम चाहिने, लामो आयु भएका बिरुवा उपयुक्त हुन्छन् जसमा एस्पिडस्टर, क्रिभिया, ग्रुमलेड, ड्रेसिना, नलिना, सेफलेरिया, टुफिड्यान्टर, फिलोड्यान्ड्रोन, सर्न आदि प्रमुख छन् । यसका लागि भित्री कोठा हो भने घामको किरण कत्तिको आउँछ अथवा लाइट कत्तिको आउँछ, ध्यान पुर्‍याउनुपर्छ । भित्री कोठामा खुल्ला झ्याल तथा हावा पास हुने ठाउँ उत्तम हुन्छ । यस्ता बिरुवालाई धूलोबाट जोगाउनुपर्छ । धेरै सुख्खा नबनाउने, पातमा पानी छ्याप्ने, समय–समयमा मलजल दिने आदि काम गरिरहनुपर्छ । यसमा फुल्ने र नफुल्ने दुवै प्रकारका बिरुवा प्रयोग गर्न सकिन्छ ।

संस्कार–संस्कृति र परम्पराअनुसार गठेमंगलमा काँडेबिरुवा ढोकामा हाल्ने प्रचलन छ । काँडेबिरुवा अशुभ हुँदैनन्, तर बालबालिकाको सुरक्षाका लागि त्यसको प्रयोग नगरेकै राम्रो वा गरिहाले पनि बालबालिकाले नभेट्ने ठाउँमा राख्नुपर्छ । इंग्ल्यान्डमा आविष्कार भएको विन्डोबक्सेस अहिले नेपालमा पनि विस्तार हुँदैछ । यसमा विशेषगरी जिरानियम, आइभी जिरानियम, पालरगोनियम जिरानियम, पिटुनिया, भर्वेना, इम्याक्स आदि अर्किड प्रजातिका बिरुवा हुर्काइन्छ । ह्यांगिक तथा विन्डोबक्सेसमा प्रयोग हुने यी बिरुवा लामो 

समयसम्म टिक्छन् ।

टेरेस गार्डेन

घर–कम्पाउन्डमा प्रशस्त खाली ठाउँ नभएको खण्डमा मानिसहरू प्रायः गार्डेनिङको विकल्प रोज्छन् । भुइंँमा भन्दा कौसीमा प्रशस्त घामको किरण पर्ने भएकाले टेरेस गार्डेनमा निश्चित बोट–बिरुवा अझ मौलाउँछन् जसलाई घामको किरण आवश्यक हुन्छ ।

​​​​​​​

टेरेस गार्डेनिङ गर्दा मलजलमा भने विशेष ध्यान पुर्‍याउनुपर्छ । विदेशतिर सय तलामाथि पनि विशाल गार्डेनिङ गरिएको पाइन्छ । हामीकहाँ भने यो ट्रेन्ड फस्टाउन थालेको धेरै भएको छैन । टेरेस गार्डेनमा फूल मात्र होइन, तरकारी, साना खालका फलका वृक्षलगायत क्याक्टस, फुल्ने–नफुल्ने दुवै प्रजातिका बिरुवा आदि रोप्न सकिन्छ । अहिले हामीले टेकुको अम्बे कम्प्लेक्समा तयार पारिरहेको टेरेस गार्डेन उत्पादनभन्दा पनि इको–फ्रेन्डली सहर निर्माणका लागि हो । टेरेस गार्डेनका अनेकौं फाइदा छन् । ठूलो जमिन नचाहिने, थोरै ठाउँमा धेरै बिरुवा रोप्न सकिने, जस्तोसुकै प्रकृतिका बिरुवाका लागि उपयुक्त एवं सुरक्षित गार्डेनिङ यसका विशेषता हुन् ।

टेरेस गार्डेनका लागि बोरा, दहीका स–साना कतारी वा भाँडा, दूधको प्लास्टिक, माछा फ्रिजिङ गर्ने फमवाला बक्स, बोरा अथवा मुख काटिएका मिनरल वाटर वा कोक–पेप्सीका बोतल आदि प्रयोग गर्न सकिन्छ । सीधै टेरेसको भुइँमा माटो हालेर त्यसमा मलजल गर्दा एक त छत रसाउने समस्या हुन्छ भने अर्को कुरा बिरुवा पनि उति फस्टाउँदैन । जमिनमा रोपिएका बिरुवाको तुलनामा यस्ता बिरुवालाई विशेष हेरचाह आवश्यक हुन्छ ।

 Image