Successfully Copied

मेकअपमा उपयोगी प्राइमर

प्राइमरले मेकअप, फाउन्डेसन तथा मोइस्चराइजरलाई पूरै दिन टिकाउन बेस प्रदान गर्छ । मेकअप गर्नुपूर्व प्राइमर लगाउँदा मेकअपलाई सजिलै तथा समान रूपमा फैलाउन मद्दत मिल्छ । यसले छाला फ्रेस रहन्छ । प्राइमरले अनुहारको पाउडर तथा फाउन्डेसनलाई सोस्नबाट रोक्छ । यसले अनुहारलाई ओइली हुनबाट जोगाउँछ ।

मेकअपलाई थप आकर्षक बनाउन बजारमा विभिन्न किसिमका सौन्दर्य सामग्री उपलब्ध हुन्छन् । त्यस्ता सामग्रीमध्ये एक हो–प्राइमर । मेकअप गर्दा प्राइमरको आवश्यकता हुन्छ । प्राइमरको प्रयोगले अनुहारमा एउटा स्मुथ बेस मिल्छ र तेल बढी भएको ठाउँमा चमक कम हुन्छ । यद्यपि कतिपयले बेसका लागि बीबी क्रिम लगाउँछन् । जुन गलत हुने विज्ञहरूले बताएका छन् ।

मेकअपमा प्राइमरको प्रयोग

प्राइमरले मेकअप, फाउन्डेसन तथा मोइस्चराइजरलाई पूरै दिन टिकाउन बेस प्रदान गर्छ । मेकअप गर्नुपूर्व प्राइमर लगाउँदा मेकअपलाई सजिलै तथा समान रूपमा फैलाउन मद्दत मिल्छ । यसले छाला फ्रेस रहन्छ । प्राइमरले अनुहारको पाउडर तथा फाउन्डेसनलाई सोस्नबाट रोक्छ । यसले अनुहारलाई ओइली हुनबाट जोगाउँछ । प्राइमरको प्रयोगले अनुहारको चाउरीपन तथा अनुहारमा देखिने लाइनहरू लुकाउन मद्दत गर्छ । सिलिकन बेस्ड पोलिमरबाट बनेको प्राइमरले अनुहारलाई स्मुथ इफेक्ट प्रदान गर्छ ।

कसरी प्रयोग गर्ने 

अनुहार सफा गरेलगक्तै राम्रो मोइस्चराइजर वा सनस्त्रिम लगाउन सकिन्छ । त्यसपछि पूरा अनुहार, गाला, परेला आदि ठाउँमा प्राइमर लगाउने । अब विस्तारै ब्रन्डरको माध्यमद्वारा हल्का मसाज गर्दै प्राइमरलाई अनुहारमा मिसिन दिनुपर्छ । यसले अनुहारलाई स्मुथ बेस प्रदान गर्छ । अनुहारको दाग, चाउरी एवं धर्सा नदेखियोस् भनेर प्राइमर तथा कन्सिलर मिसाएर प्रयोग गर्न सकिन्छ । प्राइमर तथा फाउन्डेसनलाई राम्रोसँग मिसाएर पनि आकर्षक लुक दिन सकिन्छ । निधार, नाक तथा नाकवरिपरिको ठाउँलाई चिल्लोमुक्त देखाउन प्राइमर प्रयोग गर्न सकिन्छ । कसैलाई विना मेकअपको अनुहार मनपर्छ भने त्यसमा पनि प्राइमरले काम गर्छ । त्यतिमात्र होइन प्राइमरले हल्का फाउन्डेसनका रूपमा समेत काम गर्ने हुँदा मेकअपमा प्राइमरको प्रयोग निकै उपयोगी मानिन्छ ।

 Image