चारकर्मीबाट उपन्यासकारको परिचय बनाएका सविन प्रियासन गीत लेखनमा पनि सक्रिय हुन थालेका छन् । उनले रचना गरेको दोस्रो गीत ‘गीत तिम्रो लेखी लेखी’ को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
सविनको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीतमा अञ्जु पन्तले स्वर दिएकी छन् । रिकेश गुरुङ यो गीतका संगीत संयोजक हुन् ।
टंक बुढाथोकीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मोडल रिचा थापा र आयन बज्राचार्यको अभिनय छ ।
म्युजिक भिडियोको निर्देशन प्रिन्सपन कार्कीले गरेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।
सविनको यो दोस्रो गीत हो । उनको पहिलो गीत ‘म गीतहरुमा डुबेर’ सार्वजनिक भएको थियो ।
उनका ब्रेकअप डायरी, पल्लवी, पुनरागमन, भूमरी, रोदनपछि उपन्यास प्रकाशित भइसकेका छन् । प्रियासनले कथा र सम्पादकीयको संग्रहसमेत प्रकाशित गरिसकेका छन् । सविन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष हुन् ।
गीतको म्यूजिक भिडियो :