Successfully Copied

ग्रिन टी ब्युटी  

ग्रिन टीले आँखामुनिको कालो घेरा, आँखा सुन्निएको तथा आँखामुनिको रिंकल हटाउँछ । यसका लागि ग्रिन टीको पाउँचलाई पानीमा हालेर पाँच मिनेटजति फ्रिजमा राखी आँखामाथि राख्नुपर्छ । 

ग्रिन टी तौल कम गर्न, उमेर बढाउन तथा तनाव कम गर्न उपयोगी मानिन्छ, तर छाला र केशका लागि पनि यसले विशेष काम गर्छ । 

    ग्रिन टीमा अनेकौं विविधता पाइन्छ । यसमा एप्पल ग्रिन टी विशेष हुन्छ । एप्पल ग्रिन टीमा मिनरल तथा भिटामिन सी प्रशस्त हुने हुँदा त्यसले छालालाई पुनर्जीवित गर्छ । 

    ग्रिन टीले आँखामुनिको कालो घेरा, आँखा सुन्निएको तथा आँखामुनिको रिंकल हटाउँछ । यसका लागि ग्रिन टीको पाउँचलाई पानीमा हालेर पाँच मिनेटजति फ्रिजमा राखी आँखामाथि राख्नुपर्छ । 

    ग्रिन टीको पानीले शरीरलाई शीतलता प्रदान गर्छ र शरीरलाई विषमुक्त बनाउँछ । ग्रिन टीलाई एक गिलास पानीमा उमालेर आधाजति भएपछि प्रयोग गर्नुपर्छ । यो टनिकलाई हरेक रात सुत्नुपूर्व स्किन टोनरका रूपमा प्रयोग गर्न सकिन्छ । यो तैलीय छालामा प्रभावकारी साबित हुन्छ । यो पानीलाई कुनै पनि फेस प्याक वा हेयर प्याकमा प्रयोग गर्न सकिन्छ । 

    चिसोमा शुष्क छालाको समस्या हुन्छ । यसका लागि ग्रिन टीलाई पानीमा उमाल्ने, चिसो भएपछि दुई थोपा मह र ग्लिसरिन मिसाएर मुहारमा प्रयोग गर्ने । यसले शुष्क छालामा नेचुरल टोनरको काम गर्छ । 

    फेसियल स्क्रवमा एक चम्चा ग्रिन टी मिसाउन सकिन्छ । बदामको पेस्ट, ग्रिन टी तथा थोरै दही मिश्रित पेस्टलाई फेस स्क्रबका रूपमा प्रयोग गर्नु लाभदायक हुन्छ । 

    ग्रिन टीलाई पानीमा उमालेर चिस्याउने । स्याम्पु गरेपछि चिस्याइएको उक्त पानीले केश पखाल्ने । यसले स्केल्पमा पीएच ब्यालेन्सलाई सन्तुलित राख्छ र तैलीय केशको समस्याबाट छुटकारा दिन्छ । यसले चायाँको समस्या समाधानमा समेत सहयोग पुर्‍याउँछ । 

    केश झर्ने समस्या छ भने उमालेर चिस्याइएको ग्रिन टी पानी स्केल्पमा लगाई केशलाई सुक्न दिने । यो उपाय सातामा कम्तीमा दुई–तीनपटक अवलम्वन गर्नुपर्छ । यसबाट केश झर्ने समस्यामा राहत प्राप्त हुन्छ । 

    पेडिक्योर गर्दा कुर्कुच्चा रगड्न जुन स्क्रब प्रयोग गरिन्छ, त्यसमा एक ठूलो चम्चा ग्रिन टी हाल्न सकिन्छ । यसबाट कुर्कुच्चा कोमल एवं सफा हुन्छ । 

    मनतातो ग्रिन टीमा थोरै नरिवलको तेल हालेर १० मिनेटसम्म आफ्नो हात डुबाएर राखेपछि जैतुनको तेल प्रयोग गरी हातले मालिस गर्दा घामले कालो भएको छाला सफा हुन्छ । 

    ग्रिन टी हाली उमालिएको पानीलाई चिस्याएपछि त्यसमा कागतीको केही थोपा रस मिसाएर आइसट्रेमा जम्न छोड्ने । सफा मुहारमा प्याक लगाएर धोएपछि त्यसमा ग्रिन टी आइसले विस्तारै मालिस गरेर सुकाउने । यसले तैलीय छालामा नेचुरल एस्ट्रिजेन्टको काम गर्छ । 

    मुल्तानी माटो, चन्दन पाउडर तथा बदाम पाउडरलाई उमालेर चिस्याइएको ग्रिन टी पानीमा भिजाएर पेस्ट बनाउने । यसलाई मुहारमा लगाएर २० मिनेटपछि पखाल्ने । यो फेस प्याकले शुष्क छालामा विशेष फाइदा पुर्‍याउँछ ।

 

 Image