Successfully Copied

गर्भवती, पिसाबको संक्रमण र औषधी सेवन

गर्भावस्थामा पनि पिसाबको संक्रमण हुन सक्छ र त्यस्तो हुँदा औषधी सेवन गर्नुपर्ने हुन्छ । केही औषधीले भने गर्भको शिशुमा असर गर्न सक्छ, ती औषधी गर्भावस्थामा सेवन गर्नु हुँदैन । तपाईंले प्रयोग गरेको औषधी कुन थियो भन्न सकिएन, तर केही मात्रामा प्रयोग गर्दैमा गर्भमा असर परेको

म २२ वर्षकी गर्भवती महिला हुँ । मेरो यो पहिलो गर्भ हो । मेरो महिनावारी नियमित नभएकाले गर्भ रहेको थाहा नपाउँदै पिसाबको समस्याका कारण केही औषधी गराएकी थिएँ, तर यो अवस्थामा औषधी सेवन गर्दा गर्भस्थ शिशुमा असर पर्छ भन्ने कुराले मलाई चिन्ता भैरहेको छ । यसले मेरो गर्भमा कुनै असर त गर्दैन ? मलाई डर लागिरहेको छ । स्पष्ट पारिदिनुभए अभारी हुने थिएँ । 

                                                                                                              - ०३४

तपाईंको प्रश्नमा कति हप्ताको गर्भ अनि पिसाबको संक्रमण भएका बेला कुन औषधी सेवन गर्नुभएको थियो, उल्लेख छैन । गर्भावस्थामा औषधी सेवन गर्नु हुँदैन भन्ने धेरैको मान्यता छ, जुन गलत हो ।

गर्भावस्थामा पनि पिसाबको संक्रमण हुन सक्छ र त्यस्तो हुँदा औषधी सेवन गर्नुपर्ने हुन्छ । केही औषधीले भने गर्भको शिशुमा असर गर्न सक्छ, ती औषधी गर्भावस्थामा सेवन गर्नु हुँदैन । तपाईंले प्रयोग गरेको औषधी कुन थियो भन्न सकिएन, तर केही मात्रामा प्रयोग गर्दैमा गर्भमा असर परेको होला भन्न सकिँदैन ।

असर गरेको छ कि छैन थाहा पाउन अल्ट्रासाउन्ड (भिडियो एक्स रे) गराउनुपर्छ । नियमित गर्भको परीक्षण गराउँदै, फोलिक एसिड नामक औषधी प्रयोग गर्दा, धेरै तनावमा नबस्दा, झोल तथा पोषणयुक्त खानेकुरा खाँदा गर्भस्थ शिशुको राम्रो विकास हुन्छ ।

 Image