Successfully Copied

समर मेकअप

प्रभावशाली व्यक्तित्वका लागि लुक्समा ध्यान पुर्‍याउनुपर्छ । सुन्दर र हँसिलो अनुहारले सबैलाई आकर्षित गर्छ । आकर्षक देखिन मेकअपको पनि उत्तिकै भूमिका हुन्छ भने मेकअपमा गल्ती गर्दा छालामा समेत नकारात्मक असर पर्न सक्छ ।

प्रभावशाली व्यक्तित्वका लागि लुक्समा ध्यान पुर्‍याउनुपर्छ । सुन्दर र हँसिलो अनुहारले सबैलाई आकर्षित गर्छ । आकर्षक देखिन मेकअपको पनि उत्तिकै भूमिका हुन्छ भने मेकअपमा गल्ती गर्दा छालामा समेत नकारात्मक असर पर्न सक्छ ।

मोइस्चराइजर र प्राइमर

गर्मीमा घामको किरण सीधै छालामा पर्छ । त्यसैले मेकअपअघि मोइस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अर्थात् ओयल फ्रि मोस्चराइजर प्रयोग गर्नुपर्छ । यसो गर्दा छालाको तैलीय तत्व सुक्छ र मेकअप राम्रो देखिन्छ । मोइस्चराइजरपछि प्राइमर लगाउनुपर्छ । यसले छालालाई सुरक्षित बनाउनुका साथै मेकअपलाई समेत सुरक्षा दिन्छ । यसको अर्को फाइदा गर्मीमा लामो समयसम्म मेकअप टिक्नु पनि हो । प्राइमर प्रयोग गर्दा मेकअप हलुका समेत अनुभव हुन्छ । 

क्रिम फाउन्डेसन

गर्मीमा लिक्विड फाउन्डेसन उपयुक्त हुँदैन । तैलीय छालामा यो थोरै समय मात्र टिक्ने भएकाले फाउन्डेसनको कवचका रूपमा क्रिम प्रयोग गर्न सकिन्छ । यसमा लुज पाउडर पनि लगाउन सकिन्छ । जसले गर्दा फाउन्डेसन लामो समयसम्म टिक्छ । काममा हिँड्दा फाउन्डेसन प्रयोग नगरी हलुका मेकअप गर्नु उपयुक्त हुन्छ ।

वाटरप्रुफ र म्याट आइ तथा लिप मेकअप

गर्मी मौसममा गाजल, आइस्याडो, मस्कारा, लिपिस्टिक आदि वाटरप्रुफ र म्याट मात्र प्रयोग गर्नुपर्छ । सकेसम्म हलुका मेकअप गर्नुपर्छ । रंग छनोट गर्दा पनि सकेसम्म फिका रंग छान्नु उपयुक्त हुन्छ । हलुका, गुलाबी र सुन्तला रंगको चमकरहित आइस्याडो लगाउँदा आकर्षक देखिन सकिन्छ । 

कन्सिलरको प्रयोग

कन्सिलरको प्रयोग पनि राम्रोसँग गर्नुपर्छ । यसलाई औंलाको सहायताले आँखाको तल र नाकको वरपर लगाउनुपर्छ । त्यसपछि ब्रसको सहायताले अरु भागमा पनि लगाउन सकिन्छ । 

मेकअप मिस्टेक

मोइस्चराइजरविना मेकअप

धेरैजसो युवती अनुहार धोएर सीधै मेकअप गर्छन् जसले गर्दा मेकअप गरेपछि रुखोपन र मेकअप छुट्टिने समस्या हुन्छ । त्यसैले मेकअप भद्दा नदेखियोस् भनेर अनुहार धोएपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।

फोहोर मेकअप ब्रसको प्रयोग

दैनिक प्रयोग हुने मेकअप ब्रस फोहोर भैरहेको हुन्छ र हामी सबै त्यही फोहोर ब्रसले मेकअप गरिरहेका हुन्छौं । जुन ब्रसमा धूलो, तेल वा ब्याक्टेरियाजस्ता छालालाई हानि गर्ने पदार्थ टाँसिएका हुन्छन् र तिनले छालामा एलर्जी गराउँछन् । त्यसैले हरेक हप्ता ब्रस सफा गर्नुपर्छ ।

ब्लस गर्दा ब्लेन्ड नगर्नु 

गालामा ब्लस प्रयोग गरेपछि मेकअपले पूर्ण लुक दिन्छ । यद्यपि ब्लसको सही प्रयोग गर्न नसकेको खण्डमा वास्तविक उमेरभन्दा बढी उमेरको देखिन्छ । त्यसैले यदि ब्लड पिंक रंगको ब्लस लगाउने हो भने त्यसलाई सही तरिकाले ब्लेन्ड गर्नुपर्छ ।

डार्क सर्कल्समा कन्सिलर 

आँखामुनि भएको डार्क सर्कल्स लुकाउन प्रयोग गरिने कन्सिलरले डार्क सर्कल छोपिनुभन्दा अझ बढाउने काम गर्छ । त्यसैले त्यसको सट्टा करेक्टर प्रयोग गर्नुपर्छ । यसलाई डार्क सर्कल भएको ठाउँमा मात्र हल्का लगाउँदा मेकअप नेचुरल देखिन्छ । 

मेकअप धुन भुल्नु

सुत्नुअघि मेकअप धुन बिर्सनुहुँदैन । रातभर मेकअप लगाएर सुत्दा अनुहारमा एक्नेको मात्रा बढ्छ । मेकअप गर्दा प्रयोग गरिएका विभिन्न प्रोडक्ट्सले रोमछिद्रलाई बन्द गरिदिन्छन् जसले गर्दा एक्नेको समस्या बढ्दै जान्छ ।

मेकअपले जवान बनाउँछ 

डार्क कलर्सबाट जोगिनुपर्छ : आँखा वरिपरिको रिङ्कल लुकाउन डार्क कलरको आइस्याडो प्रयोग गर्नु हुँदैन । डार्क कलर प्रयोग गर्दा रिङ्कल देखापर्छ । त्यसको साटो म्याट कलरको आइस्याडो प्रयोग गर्नु उपयुक्त हुन्छ । म्याट कलरमा रिङ्कल तथा डार्क सर्कल कम देखिन्छ । 

लिप कलर : उमेर बढेसँगै ओठ पनि खुम्चिन्छ र ड्राई हुन थाल्छ । यसका लागि डार्क कलरको लिपिस्टिकको साटो लाइट कलरको लिपिस्टिक लगाउनुपर्छ । डार्क कलरको लिप लाइनको प्रयोगबाट पनि जोगिनुपर्छ । बरू त्यसको साटो लिपग्लस प्रयोग गर्नुपर्छ ।

कलर्समा ध्यान : यदि गालामा वाइट पिंक कलर प्रयोग गर्ने हो भने ओठमा केही प्रयोग गर्नु हुँदैन । यदि आँखामा विशेष केही गरिएको छ भने अन्य कुरा सिम्पल छोड्नुपर्छ । 

फाउन्डेसनबाट कभर : यदि मुहारमा कुनै दाग भए तिनलाई फाउन्डेसनले कभर गर्नुपर्छ । यद्यपि आवश्यकताभन्दा बढी फाउन्डेसन प्रयोग गरे मुहारको रिङ्कल देखापर्छ । फाउन्डेसन लगाउनुपूर्व मोइस्चराइजर प्रयोग गर्नुपर्छ । यसबाट फाउन्डेसन पूरा मुहारमा एकनासले बस्छ ।

आँखाको डलनेस : आँखाको चमक कायम राख्न कलरफुल लेन्थ प्रयोग गर्न सकिन्छ । आँखामा मस्कारा लगाउनुपर्छ । आइलाइनरले पनि आँखालाई सुन्दर बनाउँछ । यसका लागि ब्राउन वा ब्ल्याक कलरको आइलाइनर छनोट गर्नु उपयुक्त हुन्छ । यदि आइब्रोज पातलो छ भने त्यसलाई ब्ल्याक कलरको आइब्रो पेन्सिलबाट राम्रोसँग सेप दिन सकिन्छ ।

 

 Image