Successfully Copied

समयसँगै अघि बढौं

बालबालिकाको सुन्दर भविष्यका लागि अभिभावकहरू उनीहरूलाई सम्पूर्ण सुविधा उपलब्ध गराउँछन् । तैपनि अञ्जानमा केही गल्ती हुनसक्छन्, जसबाट जोगिनु जरुरी छ । 

बालबालिकाको सुन्दर भविष्यका लागि अभिभावकहरू उनीहरूलाई सम्पूर्ण सुविधा उपलब्ध गराउँछन् । तैपनि अञ्जानमा केही गल्ती हुनसक्छन्, जसबाट जोगिनु जरुरी छ । 

दबाब दिनुहुँदैन 

प्रायः अभिभावकहरू आफ्ना अधूरा सपना बालबालिकामार्फत पूरा गर्न चाहन्छन् । यसका लागि सानै उमेरमा बालबालिकामाथि अभिभावकहरू दबाव दिन थाल्छन् । बालबालिकालाई स्पेशल ट्रेनिङ दिएर कुनै पनि क्षेत्रका लागि तयार गर्न सकिन्छ भन्ने अभिभावकलाई महसुस हुन्छ । कतिपय अभिभावक बालबालिकाको रुचिको परवाह नै नगरी आफ्नै प्रोफेसनमा अघि बढ्न प्रेरित गर्छन् । यसो गर्नु उचित होइन । यस्तो स्थितिमा मात्र अभिभावकहरूको मन राख्न बालबालिका अभिभावकले भनेकै करियरतर्फ उन्मुख हुन्छन् तर उनीहरूको रुचि फरक हुन्छ । त्यसैले आफ्ना बालबालिकामा आफ्नो इच्छाको बोझ थोपर्नु हुँदैन । बरु उनीहरूको रुचिको क्षेत्रमा अघि बढ्न उत्साहित गर्नुपर्छर् ।

टाढा रहौं पियर प्रेसरबाट 

टिनएजर्समा आफ्ना साथी–संगिनीको बढी प्रभाव पर्छ । पढाइका बेला धेरै सोच–विचार नगरी उनीहरू त्यही विषय रोज्छन् जुन उनीहरूका साथीले रोजेका हुन्छन् । प्रायः साथी–संगिनीसँगै रहन आफूलाई साइन्समा रुचि नभए पनि फिजिक्स, केमेस्ट्री र म्याथ पढ्न अग्रसर हुनेहरू पनि पाइन्छन् । अतः आठ–नौ कक्षा पढ्दा नै बालबालिकालाई आफ्ना साथी–संगिनीको संगत वा पियर प्रेसरमा नभई आफ्नो रुचिको विषयमा अघि बढ्न काउन्सिलिङ र प्रेरित गर्नुपर्छ । साथी–संगिनीसित भेट्नु वा टाढा हुनु स्वाभाविक भएको कुरा बुझाउनुपर्छ । केवल मित्रताका आधारमा करियर छनोट गर्नु बुद्धिमानी नभएको कुरा सम्झाउनुपर्छ । संचार र सोसल मिडियामार्फत सम्पर्कमा रहेर आ–आफ्नो करियरमा अघि बढ्नु राम्रो हुने कुरा बुझाउनुपर्छ ।

स्टेटस सिम्बल होइनन् बालबालिका

पेरेन्टल काउन्सिलिङ : आफन्तजन तथा छरछिमेकका बालबालिकासित आफ्ना बालबालिकाको तुलना गर्नुहुँदैन । आसपासका किशोर–किशोरी जुन करियरमा जान्छन् अभिभावकलाई त्यही करियरमा स्कोप छ जस्तो महसुस हुने गरेको पाइन्छ । यस्तो सोच्नु गलत हो । अभिभावकहरूले यो बुझ्नु आवश्यक छ कि हरेक बालबालिका विशेष हुन्छन् । उनीहरूको रुचि पहिचान गरी सही दिशातर्फ अगाडि बढ्ने प्रेरणा दिनुपर्छ । साइन्स र कमर्स पढ्नेले मात्र रोजगारी पाउँछन् भन्ने सोच्नु हुँदैन । अहिले आर्ट वा अन्य विषय पढ्नेहरूका लागि पनि थुप्रै विकल्प उपलब्ध छन् । यदि अभिभावकहरू धैर्यपूर्वक आफ्ना बालबालिकाको क्षमता र रुचिअनुकूल करियरको राम्रो विकल्प खोज्ने प्रयत्न गरे अवश्य सफलता प्राप्त हुनेछ । 

बालबालिकाको रुचि पहिचान : पढाइको मामिलामा मात्र होइन दैनिक जीवनमा पनि बालबालिकाका सबै गतिविधिलाई राम्रोसँग नियालेर तिनको रुचिलाई सूक्ष्म रूपले बुझ्ने प्रयास गर्नुपर्छ । महिनाभरिमा तिनका गतिविधि बुझेर तिनको खुबी र रुचि थाहा पाउन सकिन्छ । सोहीअनुरूपको करियरमा उनीहरूलाई प्रेरित गर्नु उचित हुन्छ । परीक्षामा राम्रो गर्ने बालबालिका यदि भान्साको काममा रुचि राख्छन् भने उनीहरूमा सेफ हुने सम्भावना देख्न सकिन्छ । यो सम्भावना बुझ्ने कला एवं क्षमता अभिभावकहरूमा हुनुपर्छ । 

बढाऔं बालबालिकाको आत्मविश्वास 

कुनै पनि समस्याको सामना गर्दै विपरीत परिस्थितिमा पनि एडजस्ट हुन बालबालिकालाई पहिलेदेखि नै आत्मविश्वासी बनाउनुपर्छ । करियर छनोटमा सहयोगी हुने मित्र रोज्नुपर्छ । करियर छनोट गर्ने क्रममा बालबालिकाका साथमा बढी समय बिताएर तिनको कुरा बुझी आवश्यक मार्गनिर्देशन दिनुपर्छ । यतिबेला अभिभावकको भन्दा मित्रको व्यवहार गर्नु उपयुक्त हुन्छ । बालबालिकाले अभिभावकहरूको मनस्थिति बुझ्ने भएकाले तिनका बारेमा आफ्नो चिन्ता उजागर गर्नु ठीक होइन । यसबाट उनीहरूको आत्मविश्वासमा प्रभाव पर्छ । त्यसैले परिवारको वातावरण हरसम्भव खुसीपूर्ण र सहज राख्नुपर्छ । 

 Image