लोटस हर्बलको बेबी प्लस

नारी संवाददाता

फाल्गुन ११, २०७५

बहुराष्ट्रिय ब्रान्डका गुणस्तरीय सौन्दर्य सामग्री उत्पादन गर्दै आएको लोटस हर्बलले नेपालमा बेबी प्लसका सामग्री भित्र्याएको छ । कम्पनीले शिशुलाई स्वस्थ राख्न मात्र नभएर छालाजन्य रोगबाट जोगाउने यी विभिन्न सामग्री भित्र्याएको हो । नेपालमा लामो समयदेखि कस्मेटिक सामग्रीको बजार लिएको लोटसले साइड इफेक्ट नहुने हर्बल प्रोडक्ट भित्र्याएको दाबी लोटस हर्बल नेपालका प्रतिनिधि ऋषि अधिकारीको छ । 

उनका अनुसार बेबी प्लसमा बेबी सोप, बेबी स्याम्पु, बडी लोसन, बेबी क्रिम, बेबी र्‍यासेज, मसाज तेल उपलब्ध हुन्छ । नेपालका गाउँदेखि सहरी क्षेत्रसम्मका आमाहरूले लोटस हर्बलका बेबी प्लसका सामग्री प्रयोग गर्न सक्ने कम्पनी अध्यक्ष सतीशप्रसाद मलहोत्राले जानकारी दिए । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×