गर्मीमा फेसन शैली
‘फेसन डिजाइनर’ तेन्जिङ छेतेन भुटियाका अनुसार मौसममा परिवर्तन आएसँगै पहिरन शैलीमा परिवर्तन गर्नैपर्छ । ‘मौसम सुहाउँदो पहिरनले फेसनप्रतिको चासोमात्र देखाउँदैन पहिरन ‘क्यारी’ गर्न पनि सहज हुन्छ,’ उनले भने ।
फेसनको सृजना मार्फत् नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन तथा क्यान्सर रोगको सचेतना अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्य सहित फेसन सिक्रेट्स थ्री नामक फेसन कार्यक्रमको तयारी अगाडि बढाइएको छ ।
नव प्रवेशी तथा स्थापित मोडल एवं डिजाइनरहरुको समायोजनमा प्रस्तुत हुने उक्त फेसन कार्यक्रमका लागि हालै राजधानीमा मोडल अडिसन संचालन गरिएको छ ।
ठमेलस्थित द नेस्ट बार लाउन्जमा सम्पन्न गरिएको उक्त अडिसन राउन्ड नव प्रवेशी तथा अनुभवी महिला पुरुष मोडलहरुको बाक्लै जमघट देख्न पाइएको थियो । करिब चार दर्जनको हाराहारीमा उपस्थित मोडलहरुको हिंडाई, आत्मविश्वास, व्यक्तित्व तथा अनुभव आधारमा मुल्यांकन गरिएको थियो ।
कार्यक्रम इभेन्टेस नामक संस्थाको व्यवस्थापनमा संचालन हुन लागेको हो ।