किशोरीको नियमित पठनपाठनका लागि सेनेटरी प्याड

नारी संवाददाता

पुस ९, २०७५  

पाँचथरको तुम्बेवा स्वास्थ्य शाखाले इन्द्रेणी माविका किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । गतसाता विद्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य शाखाले सेनटरी प्याड वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख होमनाथ थापाले किशोरीहरुलाई रजस्वला हुँदा समेत नियमित रुपमा विद्यालयमा पठनपाठन गर्न सहज होस् भन्ने उदेश्यले सेनेटरी प्याड वितरण गरेको बताए । 

अधिकांश छात्राहरु महिनावारीको समयमा विद्यालयमा अनियमित हुने भएकाले केही हदसम्म भए पनि कार्यक्रमले सहयोग गर्ने उनको भनाई थियो । 

आगामी दिनमा गाउँपालिकाका अन्य विद्यालयमा समेत यो कार्यक्रम अघि बढाइने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहालले बताए ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>