२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।
पाँचथरको तुम्बेवा स्वास्थ्य शाखाले इन्द्रेणी माविका किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । गतसाता विद्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य शाखाले सेनटरी प्याड वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख होमनाथ थापाले किशोरीहरुलाई रजस्वला हुँदा समेत नियमित रुपमा विद्यालयमा पठनपाठन गर्न सहज होस् भन्ने उदेश्यले सेनेटरी प्याड वितरण गरेको बताए ।
अधिकांश छात्राहरु महिनावारीको समयमा विद्यालयमा अनियमित हुने भएकाले केही हदसम्म भए पनि कार्यक्रमले सहयोग गर्ने उनको भनाई थियो ।
आगामी दिनमा गाउँपालिकाका अन्य विद्यालयमा समेत यो कार्यक्रम अघि बढाइने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहालले बताए ।