Successfully Copied

विशेष अवसरका लागि गाउन

विशेष अवसरहरूमा स्टाइलिस एवं ग्ल्यामरस देखिनुपर्ने हुन्छ । ठूल्ठूला विशेष इयरिङ लगाउने सोच छ भने गलामा केही लगाउनु हुँदैन ।

 

गाउन प्राय: सेलिब्रेटीहरूले लगाउँछन् तर आम मानिसका बीच पनि यो त्यत्तिकै लोकप्रिय छ । यही कुरालाई ध्यानमा राखी फेसन डिजाइनरहरूले यसमा थुप्रै प्रयोग गरेका छन् । यसपटक लाइट कलर्स, लाइट वेट तथा लाइट वर्कलाई महत्व दिइएको पाइन्छ । गाउन कुनै पनि विशेष अवसरमा लगाउन सकिन्छ तर यसको छनोट गर्दा आफ्नो बडी टाइपमा ध्यान पुर्‍याउनुपर्छ । त्यसो त गाउन हरेक प्रकारको बडीमा खुल्छ तर बडी टाइप पियर सेप्ड छ भने फेब्रिकमा साटनलाई छोड्नुपर्ने हुन्छ । त्यसको साटो यस्तो फेब्रिक छनोट गर्नुपर्छ जसले बडी टाइपमा थोरै भोल्युम एड गरोस् । त्यसका लागि टिस्युबाट निर्मित गाउन उपयुक्त विकल्प हुनसक्छ ।

वेडिङ गाउन

र–सिल्कबाट बनेको वेडिङ गाउन उपयुक्त हुन्छ जसमा लेसको काम बढी होस् । अहिले वेस्टसम्मको फिटेड र निदेखि माथि लगाइने फ्लेयर गाउन ट्रेन्डमा छ ।

इभनिङ गाउन

इभनिङ गाउन छनोट गर्दा आफ्नो लुकलाई कम्प्लिमेन्ट दिने खालको रंगको छनोट गर्नुपर्छ । गोल्डेन तथा चकलेट ब्राउन कलर इभनिङ गाउनका लागि उपयुक्त हुन्छ ।

सर्ट गाउन

गाउनको कलेक्सनमा लङ लेन्थसँग सर्ट गाउन पनि चल्तीमा छ । आफ्नो उचाइअनुसार यसको छनोट गर्न सकिन्छ । साथीहरूसँग नाइट आउटमा जाँदा सर्ट फिटेड गाउन लगाउन सकिन्छ ।

नो टु ब्ल्याक

ब्ल्याक गाउन आउट अफ फेसन हुन थालेकाले ब्ल्याक गाउनलाई त्याग्नु नै उपयुक्त हुन्छ । त्यसको ठाउँमा ह्वाइट वा पेस्टल कलर प्रयोग गर्न सकिन्छ । ब्ल्याक छोड्ने चाहना छैन भने ब्ल्याकका साथमा

ह्वाइट कलर कम्बाइन गर्नुपर्छ । यसपटक केन्डी कलर पनि ट्रेन्डमा छ । त्यसका अतिरिक्त ब्लु र अरेन्जजस्ता रंग समेत छनोट गर्न सकिन्छ । यसबाहेक एसिमेट्रिकल कट्स, रफल्स र स्ट्रक्चर्ड हेमलाइनका साथमा पनि एक्सेपेरिमेन्ट गर्न सकिन्छ । यस्तो अवसरका लागि प्रिन्ट्सको प्रयोग कम प्राथमिकतामा रहनुपर्छ, कारण त्यसले क्याजुयल लुक प्रदान गर्छ ।

एसेसरिज

विशेष अवसरहरूमा स्टाइलिस एवं ग्ल्यामरस देखिनुपर्ने हुन्छ । ठूल्ठूला विशेष इयरिङ लगाउने सोच छ भने गलामा केही लगाउनु हुँदैन । त्यसको साटो राम्रो खालको कफ वा ककटेल रिङ उपयुक्त अप्सन हुनसक्छ । सानो इयरिङ लगाउने हो भने एउटा स्टाइल स्टेटमेन्ट नेकलेस लगाउन सकिन्छ । आफ्नो स्टाइल कायम राख्न फुटवेयर पनि महत्वपूर्ण हुन्छ । स्ट्रेपी स्टेलेटोज वा मेटालिक प्लेटफर्म प्रयोग गर्नुपर्छ । यो हरेक लुकमा शोभनीय देखिन्छ । विशेष अवसरको मेकअप पनि अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसका लागि डार्क आइ र लाइट लिप्सभन्दा उपयुक्त अरू केही हुँदैन । त्यसका लागि स्मोकी आइ लुकलाई न्युड वा लाइट लिपिस्टिकका साथ प्रयोग गर्न सकिन्छ ।  

 Image