Successfully Copied

मिठाईं र स्वास्थ्य

चाडपर्वमा परिवरका सदस्य तथा साथीभाइहरूसँग जमघट हुन्छ । यतिबेला गुलिया मिठाईं, रोटी खाने तथा बाँड्ने काम समेत हुन्छ । धेरै मिठाईं खाए उच्च रक्तचाप, मधुमेह, मोटोपनका साथै मुटुसम्बन्धी अन्य रोगको सिकार हुने सम्भावना वृद्धि हुन्छ ।

    मिठाईं बढी क्यालोरी भएको खाद्यपदार्थ हो । धेरैजसो मिठाईं चिनी, चिल्लो पदार्थ, तेल, मख्खन, घिउ, दूध तथा ड्राइ फ्रुट्स (मसला) हालेर बनाइएको हुन्छ । यसले गर्दा थोरै मिठाईं खाँदा पनि पर्याप्त बल प्राप्त हुन्छ । स्वास्थ्यका दृष्टिले नियमित रूपमा मिठार्इं खानु उपयुक्त हुँदैन । यति मात्र नभई मिठाईंमा हुने क्यालोरीले मोटोपनलाई बढावा दिने तथा विभिन्न शारीरिक प्रक्रियालाई प्रोत्साहित गर्ने तथ्य अध्ययनले बताएको छ ।

चाडपर्वमा परिवरका सदस्य तथा साथीभाइहरूसँग जमघट हुन्छ । यतिबेला गुलिया मिठाईं, रोटी खाने तथा बाँड्ने काम समेत हुन्छ । धेरै मिठाईं खाए उच्च रक्तचाप, मधुमेह, मोटोपनका साथै मुटुसम्बन्धी अन्य रोगको सिकार हुने सम्भावना वृद्धि हुन्छ ।

    चाडपर्वमा बढ्दो उपभोग र मागका कारण मिठाईंको उत्पादन तथा बिक्री–वितरण चुलिन्छ । उपभोक्ताले मिठाईंमा के–कस्ता मिसावट हुन्छन् सचेत हुनु जरुरी छ ।

    

बजारमा बिक्री हुने मिठाईंजन्य परिकारमा हुने सम्भावित मिसावट

    खुवा तथा छेनामा स्टार्च (पिठो) ।

    घिउको साटो वनस्पति घिउ, बोसो तथा डाल्डाको प्रयोग ।

    मिठाईं तथा गुलियो रोटीमा प्रयोग गरिने अखाद्य रंग ।

    मिठाईंलाई आकर्षक देखाउन राखिने चाँदीको लेपमा शुद्ध चाँदीको वर्कको ठाउँमा आल्मुनियम वा अखाद्य धातुको वर्कको प्रयोग ।

  

यस्ता मिसावटका कारण स्वास्थ्यमा नकारात्मक असर पर्छ । त्यसैले मिठाईं किन्दा सतर्कता अपनाउनुपर्छ । गुणस्तरहीन मिठाईं किन्नुहुँदैन भने ब्रान्ड हेरेर गुणस्तर चिन्ह भएको मिठाईं मात्र किन्नुपर्छ ।

 Image