Successfully Copied

इन्टेरियरमा लाइट

अहिले कतिपय मानिसले अरूको घरमा जाँदा देखेजस्तै बत्ती खरिद गर्ने चलन पनि छ तर त्यसो गर्नु गलत हो । बत्ती खरिद गर्नुअघि आफ्नो कोठाको साइज र कुन प्रयोजनका निम्ति बत्ती राख्न लागिएको हो पहिले नै स्पष्ट हुन जरुरी छ । त्यसो त कोठाको

चाडपर्वमा अरू समयको तुलनामा घरको सरसफाइ एवं सजावटमा बढी ध्यान दिइन्छ । चाडपर्वमा घरमा नयाँपन ल्याउने चाहना हरेकमा हुन्छ । रहर गरेर वा बत्ती खरिद गरेर मात्र हुँदैन, सही ढंगबाट लाइटिङ एरेजमेन्ट गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । बत्तीले मानिसको जीवनशैली नै परिवर्तन गरिदिन्छ । सही ढंगबाट राखिएको बत्तीबाट कोठाको सुन्दरतामा थप निखार आउँछ । लिभिङ रुम, सिटिङ रुम, बेबी रुम, भान्सा कहाँ, कस्तो र कत्तिको उज्यालो बत्ती राख्ने भन्ने कुरामा इन्टेरियर डिजाइनरसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

अहिले कतिपय मानिसले अरूको घरमा जाँदा देखेजस्तै बत्ती खरिद गर्ने चलन पनि छ तर त्यसो गर्नु गलत हो । बत्ती खरिद गर्नुअघि आफ्नो कोठाको साइज र कुन प्रयोजनका निम्ति बत्ती राख्न लागिएको हो पहिले नै स्पष्ट हुन जरुरी छ । त्यसो त कोठाको कलर र बत्तीको बीचमा पनि सम्बन्ध छ । कोठामा उज्यालो रंग प्रयोग गरिएको छ भने कम वाटको बत्ती राख्दा पनि हुन्छ । अहिले टेबुल ल्याम्पको ठाउँमा ह्यांगिङ लाइट, फुट लाइट आदि लगाउने चलन छ । लिभिङ रुममा फल्स सिलिङ राखी बत्ती राख्ने, टिभी एरियामा ह्यांगिङ वाल बत्ती, पिक्चरलाई फोकस गरी स्पोट बत्ती तथा डाउन बत्ती राख्ने चलन छ ।

झुमर : यसलाई सिलिङमा राखिन्छ । यसको प्रयोग धेरैजसो बैठक कोठामा गरिन्छ । कोठाको आकारअनुरूपको झुमर प्रयोग गर्नुपर्छ । यसले कोठाको सौन्दर्य बढाउँछ ।

वाल लाइट : यो लाइट कोठाको भित्तामा राखिन्छ । भित्तामा राखिए पनि यसले पूरै कोठा उज्यालो बनाउँछ । स्टडी रुमका लागि यस्तो लाइट उपयोगी मानिन्छ ।

डोम लाइट : यो लाइट कोठाको सिलिङमा राखिन्छ । अहिले लेन्स प्रयोग गरिएका डोम लाइटसमेत उपलब्ध छ । यस्तो बत्तीमा हेर्दा आइ इरिटेसन हुँदैन ।

फुट लाइट : यसलाई नाइट लाइट पनि भनिन्छ । फुट लाइट बेडरुममा खुट्टा पर्ने भागतिरको भित्तामा राखिन्छ । रातभरि बाल्दा पनि यसले खासै असर पुर्‍याउँदैन । बेडरुमका लागि उपयोगी यस्ता लाइट हेर्दा आकर्षक देखिन्छन् ।

गार्डेन लाइट : घरको बगैंचामा प्रकाश दिन यस्ता लाइट प्रयोग गरिन्छ । गार्डेन लाइट बगैंचाको साइज हेरेर बगैंचाभित्रै वा घरको भित्तामा राख्न सकिन्छ ।

घरअनुसार लाइट

घरको मुख्यद्वारका लागि : घरभित्र घरका सदस्य तथा पाहुना प्रवेश गर्ने भएकाले घरको मूलढोका खोल्नासाथ त्यसको उज्यालो चारैतिर फैलने किसिमको हुनुपर्छ ।

बैठक कोठा : घरमा बैठक कोठाको ठूलो महत्व हुन्छ । घरमा प्रवेश गर्नासाथ बैठक कोठा आउँछ । बैठक कोठामा त्यसको साइज हेरेर आकर्षक झुमर राख्नुपर्छ ।

भान्सा कोठा : भान्सा कोठामा खाना पकाउनुपर्ने भएकाले केही उज्यालो आउने खालको लाइट राख्नु उपयुक्त हुन्छ । यसले गर्दा खाना पकाउन वा अन्य काम गर्न सहज हुन्छ ।

बेडरुम : बेडरुम दिनभरिको थकाइ मेट्ने थलो पनि हो । त्यसैले बेडरुममा कम प्रकाश आउने किसिमको लाइट राख्नुपर्छ । आँखामा सीधा प्रकाश पर्नुहुँदैन । बेडरुममा फुट लाइट राख्नु उपयुक्त हुन्छ ।

चिल्ड्रेन रुम : छोराछोरीले पढ्दा वा लेख्दा उनीहरूको आँखामा सीधा प्रकाश पर्ने गरी लाइट राख्नु हुँदैन । बढी उज्यालोले आँखामा असर पार्न सक्छ । छोराछोरीको कोठामा रंगीन बत्ती पनि राख्नुहुँदैन । बालबालिकाको कोठामा शीतलता प्रदान गर्ने किसिमको बत्ती राख्नुपर्छ ।

बाथरुम : बाथरुममा नुहाउने तथा सेभिङ गर्ने आदि काम हुन्छ । बाथरुममा प्रयोग गरिने ऐनामा मानिसको अनुहार प्रस्ट देखिनुपर्ने भएकाले सोहीअनुसार लाइट प्रयोग गर्नुपर्छ ।

 Image