Successfully Copied

सञ्चारकर्मीको दसैं अनुभव

नेपाली हिन्दूधर्मावलम्बीहरूको मुख्य चाड भनेकै दसैं हो । आफ्नो कामको सिलसिलामा टाढा रहेका आफन्तहरू एकै ठाउँ भेला भएर दु:ख–सुख साटासाट गर्ने माध्यम पनि हो–दसैं । दसैंले अलिकति भए पनि परिवारलाई समय दिने मौका प्रदान गर्छ ।

फेसन : म त्यस्तो फेसनेबल त छैन । आफ्नो शरीरमा जस्तो मिल्छ त्यस्तै लगाइरहेकी हुन्छु । म साडी लगाउन रुचाउँछु । त्यसैले दसैंमा साडी नै लगाउँछु ।

खानपान : मलाई मसालेदार तथा अमिलो–पिरो खानेकुरा अलि बढी मनपर्छ । म भेजिटेरियन हुँ । त्यसैले दसैंमा मासु खान्न ।

घुमघाम : अफिस बिदा हुँदैन । त्यसैले कतै घुम्न जाने योजना बनाएकी छैन । यद्यपि मलाई इलाम र धरान घुम्ने इच्छा छ तर भ्याएकी छैन ।

किनमेल : दसैंमा विशेषगरी कपडा किन्छु । के किन्ने त्यस्तो ठोस योजना अहिलेसम्म बनाइसकेकी छैन । यो कुरा त्यतिबेलाको मुडमा पनि भर पर्छ ।

मैले बुझेको दसैं : नेपाली हिन्दूधर्मावलम्बीहरूको मुख्य चाड भनेकै दसैं हो । आफ्नो कामको सिलसिलामा टाढा रहेका आफन्तहरू एकै ठाउँ भेला भएर दु:ख–सुख साटासाट गर्ने माध्यम पनि हो–दसैं । दसैंले अलिकति भए पनि परिवारलाई समय दिने मौका प्रदान गर्छ ।

चङ्गा–पिङ : म चङ्गा उडाउन र पिङ खेल्न असाध्यै रुचाउँछु । त्यसैले यसपटक चङ्गा पनि उडाउँछु अनि मज्जाले पिङ समेत खेल्छु ।

 Image