Successfully Copied

तीजका लागि नयाँ हेयर स्टाइल

यो साधारणतया पश्चिमा मुलुकका दुलहीहरूमाझ लोकप्रिय हेयर स्टाइल हो । अहिले तीजको दिन पनि वान पिस, अनारकल्ली तथा म्याक्सी आदि लगाइने हुँदा यो हेयर स्टाइल तीजका लागि समेत उपयुक्त छ । यसमा एउटा रोज वा स–साना धेरै रोज बनाएर अरू एसेसरिजहरूका साथ आफ्नो

पहिरन, केश तथ मेकअप आकर्षक व्यक्तित्वका प्रमुख सहयोगी हुन् । आफ्नो व्यक्तित्वमा आकर्षण थप्न कोही पनि पछाडि हट्दैनन् । अहिले हेयर स्टाइलमा समेत कुनै न कुनै नयाँ डिजाइन भित्रिरहेको छ । हेयर स्टाइल पार्टी, विवाह, उत्सव, तीज, दसैं आदि पर्वमा आकर्षक देखिन सहयोगी हुन्छ । यसका लागि विभिन्न हेयर स्टाइललाई आपसमा समायोजन गरेर नयाँ ट्रेन्डसमेत सिर्जना गर्न सकिन्छ ।

रोज हेयर डिजाइन

विशेषत: पार्टीहरूमा मन पराइने यो स्टाइल तीजको व्रतका दिन साडीसँग नवदुलहीहरूले प्रयोग गर्न सक्छन् । गुलाबको फूलजस्तै देखिने यो डिजाइनअन्तर्गत स–साना रोज तथा ठूलो रोज बनाउन सकिन्छ । यसमा लाइन स्टाइल पनि मिक्स गरी डिजाइन गर्न सकिन्छ । यसमा केशको लम्बाइअनुसार कुन डिजाइन दिने अनुमान लगाउनुपर्छ ।

रोज बन हेयर स्टाइल

यो साधारणतया पश्चिमा मुलुकका दुलहीहरूमाझ लोकप्रिय हेयर स्टाइल हो । अहिले तीजको दिन पनि वान पिस, अनारकल्ली तथा म्याक्सी आदि लगाइने हुँदा यो हेयर स्टाइल तीजका लागि समेत उपयुक्त छ । यसमा एउटा रोज वा स–साना धेरै रोज बनाएर अरू एसेसरिजहरूका साथ आफ्नो केशलाई सजाउन सकिन्छ ।

क्रिसक्रस वेभ हेयर डिजाइन

यो हेयर स्टाइल ३० वर्ष कटेका महिलाहरूलाई सुहाउने स्टाइलमध्ये एक हो । यसबाट लामो केशमा आकर्षक थप्न सकिन्छ । कलर वा हाइलाइट गरिएको केश भए यो डिजाइन अझ बढी खुल्छ । तीजमा मन्दिर जाँदा एवं नादा–गाउँदा समेत यो डिजाइन आकर्षक देखिन्छ ।

 

फ्रन्ट हेयर स्टाइल

यो हेयर स्टाइल तीजको दर पार्टीमा प्रयोग गर्न सकिन्छ । यसमा पूरै वा अगाडिको केशलाई ब्रेड स्टाइल दिइन्छ ।

भिएट टेक्निक डिजाइन

यो हेयर स्टाइलबाट दरका कार्यक्रमहरूमा आकर्षणको केन्द्र बन्न सकिन्छ । यसमा केशलाई फिँजाएर पानको रूप दिइन्छ भने यसमै अन्य डिजाइनसमेत मिक्स गर्न सकिन्छ ।

लो लुप हेयर डिजाइन

यो हेयर स्टाइलमा घाँटी नजिक कुनै फूलको डिजाइन वा क्रस बनाइन्छ । यो स्टाइल तीजका दिन वा दर खान जाँदा उपयुक्त हुन्छ ।

क्रिसक्रस वेभ लाइनिङ

केशको लम्बाइअनुसार फरक–फरक डिजाइन बनाउन सकिन्छ । यो डिजाइनसँग साडी वा लेहेंगा लगाउँदा एलिगेन्ट लुक प्राप्त हुन्छ ।

क्रिसक्रस स्टान्डिङ वेभ हेयर

यो टिनएजरहरूलाई सुहाउने हेयर स्टाइल हो । यसमा हेयर एक्सटेन्सनसमेत गरिन्छ । यसले फ्युजन लुक्स दिन्छ ।

 Image