Successfully Copied

मिस ग्राण्ड नेपाल जोशी

उनलाई यस अघिका विजेता जिनश लामाले विजेताका ताज पहिराइ दिएकी थिइन् । उरुशाले विजेताका रुपमा नगद पुरस्कार पचास हजार, सुजुकीको स्कुटर तथा म्यानमारमा संचालन हुने मिस ग्राण्ड इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् । उरुशाले वेष्ट वाकको उपाधि समेत

यसै साता सम्पन्न ‘मिस ग्राण्ड नेपाल २०१८’को शिर्ष उपाधि उरुशा जोशीले उचालेकी छिन् । ‘तपाई मिस ग्राण्ड नेपाल २०१८ को उपाधि विजेताका रुपमा नेपालको संसदमा उपस्थित भएर वर्तमान अवस्थालाई विचार गरी नेपाल र नेपालीको हकमा बोल्नु परेमा, कुन विषयमा आवाज उठाउनु हुन्छ र किन ?’ भन्ने निर्णायक प्रश्नको उत्कृष्ट उत्तर दिएर उरुशाले मिस ग्राण्ड नेपाल २०१८ ताज पहिरिन सफल भएकी हुन् ।

उनलाई यस अघिका विजेता जिनश लामाले विजेताका ताज पहिराइ दिएकी थिइन् । उरुशाले विजेताका रुपमा नगद पुरस्कार पचास हजार, सुजुकीको स्कुटर तथा म्यानमारमा संचालन हुने मिस ग्राण्ड इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् । उरुशाले वेष्ट वाकको उपाधि समेत जित्न सफल भइन् ।

प्रतियोगितामा वेष्ट पर्सनालिटीको अवार्ड सहित इक्सा मादेन फस्ट रनर अप तथा वेष्ट ट्यालेन्ट र फोटोजेनिकको अवार्ड सहित रिया गैरे सेकेन्ड रनर अप विजेता चयन भएका थिए । इक्सा र रियाले क्रमश: तीस हजार तथा बीस हजार नगद पुरस्कार प्राप्त गरे ।

फेसन डिजाइनर उत्तम बनेपालीले तयार पारेका पहिरनहरुमा प्रतियोगीताका प्रतियोगीहरु प्रस्तुत भएका थिए । आर के इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा सुष्मिता तामाङ वेष्ट फिगर तथा वेष्ट स्पिच, संजिता रानाभाट मल्टिमिडिया, तथा सारा कपालीले वेष्ट रिपोर्ट राइटिङको अवार्ड जित्न सफल भएका थिए ।

 

 Image