Successfully Copied

पीडाविरुद्ध लड्ने सूत्र

मांसपेशी, जोर्नी तथा ढाडको हड्डीको पीडा आज पनि ठूलो समस्याका रूपमा छ । धेरै मानिस यो समस्याबाट पीडित छन् ।

समस्याबाट जोगिन

राति ड्युटी गर्दा तथा यात्रामा जाँदा मानिसको सुत्ने बानी अनियमित हुन्छ । यसले टाउको दुख्ने समस्या उत्पन्न हुन्छ । सबैभन्दा पहिले खाने तथा सुत्ने समय निश्चित हुनुपर्छ । कतिपय मानिसमा अग्लो सिरानीमा सुत्ने बानी हुन्छ । सिरानीमा घाँटीमा राखिन्छ । यी दुवै तरिका गलत हुन् । धेरै मोटो तथा सानो होइन ठिक्कको सिरानी काँधसम्म आउने गरी सुत्नुपर्छ । जसले  गर्दा सुत्दा काँधलाई पनि सहारा हुन्छ ।

लगातार काम गरिरहनुभन्दा पनि घाँटीलाई यताउता (क्लक तथा एन्टिक्लक वाइज) घुमाउनुपर्छ । कुर्कुच्चाको पीडाबाट जोगिन तातोपानीमा खुट्टा डुबाएर कुर्कुच्चा चलाउनुका साथै पैतालाले टेकेर उभिने प्रयास गर्नुपर्छ । व्यस्त जीवनशैलीका कारण पीडा भएको थाहा हुँदैन । पीडा निवारक स्प्रे तथा हट वाटर बोतलले यस्तो अवस्थामा महत्वपूर्ण राहत प्रदान गर्छन् । 

सूत्र–१ : गतिशीलता जरुरी

जसरी लामो समयसम्म राख्दा खानेकुरा खराब हुन्छ त्यसैगरी हाम्रो शरीरका कलपुर्जा पनि क्रियाशीलताको कमीका कारण जाम हुन सक्छन् । फलस्वरूप पीडा हुन सक्छ । लामो समयसम्म लगातार कम्प्युटरमा काम गर्नु, व्यायाम तथा खेलकुदको अभाव, सधै वातानुकूलित वातावरणमा बस्नु तथा घाममा ननिस्कनु पनि पीडाको प्रमुख कारण हो । लामो समयसम्म बसेर काम गर्दा शरीरका विभिन्न भाग तथा मांसपेशी खुम्चन सक्छन् । यसले त्यसको लचिलोपन समाप्त हुन्छ जसले गर्दा थोरै मात्र झट्का लागे पनि पीडा सुरु हुन्छ ।

सूत्र–२ : आसन सुधार्ने

घाँटी, कम्मर तथा पाखुरामा पीडा हुनुको प्रमुख कारण गलत बसाइ हो । विशेष रूपमा कुर्सीमा बस्दा वा कम्प्युटरमा काम गर्दा बसाइ नमिल्न सक्छ । कतिपय मानिसमा आरामदायक सोफा, बेडमा गलत तरिकाले बसेर वा सुतेर पढ्ने तथा कम्प्युटर चलाउने बानी हुन्छ भने कतिपय मानिस हिँड्दा पनि गलत तरिका अपनाउँछन् । काम गर्दा १५–२० मिनेटको अन्तरालमा यताउता टहल्ने तथा कुर्सीमा बसी–बसी भए पनि व्यायाम गर्नुपर्छ । नियमित रूपमा व्यायाम गर्दा मांसपेशी लचिलो तथा बलियो हुन्छ ।

सूत्र–३ : पौष्टिक आहार

खानामा क्याल्सियम तथा खनिजको कमी हुँदा पनि शरीर दुख्छ । धेरै फास्टफुड खाने मानिसमा पनि यस्तो समस्या उत्पन्न हुनसक्छ । शरीरको पीडाबाट जोगिन नियमित रूपमा पौष्टिक आहार सेवन गर्नुपर्छ जसमा क्याल्सियम, म्याग्नेसियम तथा मिनरलको मात्रा बढी होस् । दूध, दही, पनिरजस्ता पदार्थ नियमित खानुपर्छ । यसबाहेक ए, सी, क,े बी, १२ युक्त खाद्यपदार्थ खानु जरुरी छ । हरियो सागपात, माछा, तोफु, बदाम, ब्रोकाउली, गाजर आदि सेवन गर्नु उपयुक्त हुन्छ ।

 

 Image