Successfully Copied

ठन्डा–ठन्डा कुल–कुल

सफ्ट ड्रिंक्सबिनाको पार्टी नुन नहालेको तरकारीजस्तै हुन्छ । थिंक योङ–ड्रिंक योङ, डु समथिङ डिफरेन्ट, जम्प इन्टु–समरजस्ता नाराका साथ संसारभर बिक्री–वितरण भैरहेका यस्ता सफ्ट ड्रिंक्सले प्यास मेटाउने मात्र नभई रिफ्रेसमेन्टको समेत काम गर्ने जनविश्वास छ ।

गर्मी चढिसकेको छ । खानपान, हिँडडुल, पहिरन आदि कुरामा गर्मीको प्रभाव देखिन थालिसकेको छ । गर्मी मौसममा मानिसहरू हरेक कुरामा शीतलता खोजिरहेका हुन्छन् । गर्मीमा खानेकुरामा मात्र होइन स्वास्थ्यसम्बन्धी अन्य कुरामा पनि सजगता अपनाउनुपर्ने हुन्छ ।

खानपानकै कारण यतिबेला स्वास्थ्यमा छिट्टै प्रतिकूल असर पर्नसक्छ । गर्मीमा हिजोआज हरेक घरका फ्रिजमा सफ्ट ड्रिंक्स स्टोर गरिएको हुन्छ । पेप्सी, कोकाकोला, फेन्टा, स्प्राइट, ड्यु आदि ड्रिंक्स नेपालमा मात्र नभएर संसारभर लोकप्रिय छन् ।

 विश्वका धेरैजसो मानिसको जिब्रोमा यिनको स्वाद बसेको छ । स–साना बालबालिकादेखि वृद्ध–वृद्धासम्मलाई यसको स्वादले आफूतिर तानेको पाइन्छ । विश्वका सयभन्दा बढी मुलुकमा फैलिएको कोकाकोला सर्वाधिक लोकप्रिय पेय ब्रान्ड हो । यसका अर्बौं उपभोक्ता छन् । सोसल ग्यादरिङदेखि लिएर बर्थडे, एनिभर्सरी, विवाह एवं भोजभतेरमा पनि सफ्ट ड्रिंक्स अनिवार्य भैसकेको छ ।

सफ्ट ड्रिंक्सबिनाको पार्टी नुन नहालेको तरकारीजस्तै हुन्छ । थिंक योङ–ड्रिंक योङ, डु समथिङ डिफरेन्ट, जम्प इन्टु–समरजस्ता नाराका साथ संसारभर बिक्री–वितरण भैरहेका यस्ता सफ्ट ड्रिंक्सले प्यास मेटाउने मात्र नभई रिफ्रेसमेन्टको समेत काम गर्ने जनविश्वास छ ।

भारतमा उत्पादन गरिने कोकाकोला सन् १९७३ मा नेपालमा पहिलोपल्ट भित्रिएको हो । खेतान गु्रपले बोटलर्स नेपाल कम्पनी स्थापना गरी नेपालमा सन् १९७९ देखि पेप्सीको आन्तरिक उत्पादन सुरु गरेको हो । नेपालमा कोकका प्रशंसक अरूको तुलनामा बढी देखिन्छन् । सफ्ट ड्रिंक्सको बजारमा यसले करिब ६० प्रतिशत हिस्सा ओगटेको छ । वरुण बेभरेजले उत्पादन गर्ने पेप्सीको बजार पनि नेपालमा कम छैन ।

काठमाडौंमा पेप्सी उत्पादन गरिने स्थानको नाम नै पेप्सीकोला राखिएपछि नेपालमा यसको लोकप्रियता कति छ आँकलन गर्न सकिन्छ । आमनेपाली जनमानससम्म पुग्न सफल यी सफ्ट ड्रिंक्स नेपालीहरूका लागि ह्याबिचियोल नै भैसकेका छन् । कतिपय नेपाली त भातसँग कोक खाने बानी बसिसकेको सम्म बताउँछन् ।

अहिलेको युवापुस्ता सफ्ट ड्रिंक्सतर्फ आकर्षित छ । विवाह–पार्टी, भोजमा मात्र नभएर विशेषत: गर्मी मौसममा हरेकका हातमा सफ्ट ड्रिंक्सका बोतल–ग्लास देखिन्छन् । प्लस टु अध्ययनरत प्रनिता भन्छिन्–मलाई त सफ्ट ड्रिंक्स नराखेको पार्टी त पार्टीजस्तै लाग्दैन । पार्टीमा सहभागी हुँदा सर्वप्रथम सफ्ट ड्रिंक्समै आँखा जान्छ । रिफ्रेसमेन्टका लागि म सफ्ट ड्रिंक्स पिउँछु ।

प्रनिताजस्ता लाखौं युवाको रोजाइ हो–सफ्ट ड्रिंक्स । सिजी फुड्स नेपालले उत्पादन गर्ने रियल जुस पनि गर्मीमा निकै रुचाइने उत्पादन हो । विभिन्न फ्लेबरमा बजारमा उपलब्ध यस्ता जुस बालबालिका लक्षित छन् । त्यति मात्र होइन हामीकहाँ बिरामी भेट्न जाँदा पनि जुस बोकेर जाने चलन छ । नेपालभर यसको ठूलो खपत हुने सम्बन्धित व्यवसायीहरू बताउँछन् ।

छाउनीस्थित लक्षिन स्टोरका लक्ष्छिन खड्का भन्छन्–हामीकहाँ गर्मी भन्यो कि कोकाकोला भन्ने ट्ेरन्ड नै बसिसकेको छ । भन्नलाई कोक भनिन्छ तर त्यसभित्र ड्यु, फेन्टा, स्प्राइट, पेप्सी आदि सबै पेय पदार्थ पर्छन् । त्यति मात्र नभएर इनर्जी ड्रिंक्स, जुस, टनिक वाटर, मिनरल वाटर पनि यसैअन्तर्गत आउँछन् र पनि मानिसहरू कोकाकोला नै खोज्छन् । चापागाउँमा लिक्वेयर सप चलाएर बसेका सौरभ आचार्य गर्मी मौसममा दैनिक ८ देखि १० केससम्म कोल्ड ड्रिक्ंस बिक्री हुने बताउँछन् ।

यो मौसम सफ्ट ड्रिंक्सको मौसम भएको बताउँदै उनले भने–हार्ड ड्रिंक्स गर्नेले पनि कोल्ड ड्रिंक्स रुचाउने गरेका छन् । नेपालमा हार्ड ड्रिंक्समा कोल्ड ड्रिंक्स मिसाएर पिउने चलनसमेत छ । अझ अहिलेका कतिपय युवायुवती त कोल्ड ड्रिंक्स खाएजस्तो देखाउँछन् तर त्यसमा हार्ड ड्रिंक्स मिसाइएको हुन्छ । यही कारणले पनि कोल्ड ड्रिंक्सको व्यापार बढेको छ ।

सौरभका अनुसार यसको व्यापार बढ्नुमा राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा तयार पारिएका आकर्षक विज्ञापनको पनि ठूलो भूमिका छ । संसारभर प्रख्यात कोकाकोला कहिल्यै मिडियाबाट हट्न चाहँदैन । निरन्तर प्रचार–प्रसारमा उसको उच्च वर्चस्व छ । महाराजगञ्जस्थित बेभरेज सपका आशिषका अनुसार कोल्ड ड्रिंक्सका क्रेतामा महिलाहरूको बाहुल्यता छ । कतिपय त जाडो होस् वा गर्मी सदाबहार रूपमा यसको प्रयोग गर्छन् ।

यसको उपभोगबाट फुर्तिलो महसुस हुनाले पानीको साटो चिसो पिउने गरेको बताउँदै कपनकी रमिला जोशीले भनिन्–चिसो पिएपछि अलिअलि टाउको दुखेको छ भने पनि ठीक हुन्छ । पेट असहज भएका बेला यसले सजिलो बनाएको मैले अनुभव गरेकी छु । रमिला आफ्ना शिशुहरूलाई भने समय हेरी कहिलेकाहीँ मात्र यस्ता ड्रिंक्स पिउन दिन्छिन् । उनी भन्छिन्–‘साना नानीहरूले बढी सेवन गर्नुहुँदैन ।’

 Image