Successfully Copied

डिजाइनर लुक्समा : वेस्टर्न र इस्टर्नको प्रभाव

फेसन एउटा साइकिलजस्तै हो, जुन घुमिरहन्छ । नेपालमा भारतका साथमा वेस्टर्न पहिरन शैली पनि उत्तिकै अनुशरण गरिँदैछ । हरेक घरका कुनै न कुनै व्यक्ति विदेशमा हुने तथा टिभी, युट्युब एवं सोसल मिडियाको बढ्दो प्रभावका कारण पनि यस्तो भएको हो ।

अहिलेको फेसन ट्रेन्ड जिरो फिगरको नभएकाले लुज फिट फेसन बढी लोकप्रिय छ । अहिलेको खानपान एवं जीवनशैलीका कारण हेल्दी फिगरका मानिसहरूको संख्या बढी छ । त्यसैले गत वर्षदेखि नेपाली फेसन भारतीय फेसनभन्दा वेस्टर्न फेसन शैलीबाट बढी प्रभावित भैरहेको छ ।

फेसन एउटा साइकिलजस्तै हो, जुन घुमिरहन्छ । नेपालमा भारतका साथमा वेस्टर्न पहिरन शैली पनि उत्तिकै अनुशरण गरिँदैछ । हरेक घरका कुनै न कुनै व्यक्ति विदेशमा हुने तथा टिभी, युट्युब एवं सोसल मिडियाको बढ्दो प्रभावका कारण पनि यस्तो भएको हो । हामीले हरेक देशका पहिरन शैली तुरुन्तै हेर्न र सुहाउँदो शैलीलाई आफूमा उतार्न सक्छौं ।

जाडो पछि आउने वसन्त ऋतु र सँगै आउने नयाँ वर्षमा जोकोही आफ्नो पहिरनमा केही नयाँपन आओस् भन्ने चाहन्छन् । फेसन बजारमा पनि मौसमसँगै पहिरनको डिजाइनमा समेत विविधता भित्रिरहेको हुन्छ । यसपटक बोल्ड प्रिन्टहरू फेसनमा छन् । यस्ता बोल्ड प्रिन्ट जस्तोसुकै अवसरका लागि पनि उपयुक्त हुन्छन् । यिनले लुक्सलाई समेत बोल्ड एन्ड ब्युटिफुल बनाइदिन्छन् । यसपटक वेस्टर्न र इस्टर्न दुवै पहिरनमा बोल्ड प्रिन्ट बढी प्रयोग हुने फेसनविद्हरू बताउँछन् ।

 

 

 

 Image