Successfully Copied

माग बढ्दो छ कटफ्लावरको

संसारमा सबैभन्दा बढी कटफ्लावरको कारोबार हल्यान्डमा हुन्छ । हल्यान्डले सुरु–सुरुमा जर्मनीमा कटफ्लावर निर्यात गथ्र्याे भने अहिले धेरै देशमा पठाउँछ । कोलम्बिया र इक्वेडरले अमेरिकामा गुलाफको निर्यात बढी गर्छन् ।

फुलेको फूल जसलाई बिरुवासहित काटेर सौन्दर्य प्रदान गरिन्छ भने त्यसलाई कटफ्लावर भनिन्छ्र । कटफ्लावरलाई कुनै उत्सव, पर्व तथा अवसरमा उपहार प्रदान गर्न, कुनै प्रदर्शनी, मेला, समारोह तथा होटलमा सजावटका लागि प्रयोग गरिन्छ । फूल विज्ञानअन्तर्गत पर्ने कटफ्लावरको व्यापार  हाल संसारभरि बढ्दो छ ।

सामान्यत: फूलको आयु छोटो हुन्छ तसर्थ कतिपय देशले कटफ्लावर आन्तरिक खपतका लागि मात्र उत्पादन गर्छन् जस्तै भारत, चीन अनि अमेरिका । कतिपय देशले भने कटफ्लावर निर्यात गरेर प्रशस्त आर्जन समेत गर्दै आएका छन् । सन् २०१३ मा विश्वभर करिब करिब २० दशमलव ६  बिलियन डलरदेखि २१ दशमलव १ बिलियन डलरसम्मको कारोबार भएको पाइन्छ ।

संसारमा सबैभन्दा बढी कटफ्लावरको कारोबार हल्यान्डमा हुन्छ । हल्यान्डले सुरु–सुरुमा जर्मनीमा कटफ्लावर निर्यात गथ्र्याे भने अहिले धेरै देशमा पठाउँछ । कोलम्बिया र इक्वेडरले अमेरिकामा गुलाफको निर्यात बढी गर्छन् ।

कटफ्लावरका लागि उत्कृष्ट फूल

संसारमा देशअनुसार  भिन्नभिन्न प्रकारका फूललाई कटफ्लावरका रूपमा प्रयोग गरिएको पाइन्छ । हाल संसारका प्रमुख १० फूललाई कटफ्लावर मानिन्छ । यसमा सनफ्लावर, वाइल्ड फ्लावर, लाइल्याक, कारनेसन्स्, अर्किड, लिली, टुलिप, प्राइमरोज, रोज तथा इरिस छन् ।

नेपालमा गत वर्ष १ करोड ३० लाख गोटा कटÏलावर उत्पादन भएको एक तथ्यांकले देखाएको छ । नेपालमा कटफ्लावरका रूपमा गुलाफ, कार्नेसन, जर्बेरा, केराउ फूल, ग्लाडी ओलस तथा केही मात्रामा अर्किड प्रयोग गरिएको पाइन्छ ।

कस्तो हुनुपर्छ कटफ्लावरका लागि फूल ?

    सौन्दर्य प्रदान गर्ने, मिलेका र बिस्तारै फक्रने स्वभावका  

    मीठो वासना प्रदान गर्ने

    लामो काण्डसहित फुल्ने

    भाँडामा राख्दा लामो समयसम्म टिक्ने

व्यावसायिक प्रयोजनका हिसाबले कस्तो फूल उपयुक्त हुन्छ ?

    धेरै उत्पादन लिन सक्ने

    बजारमा लामो समयसम्म टिक्न सक्ने

    बजारमा ताजा फूलका रूपमा र सुकेपछि पनि बिक्री गर्न सकिने

    रोग तथा कीरा निरोधक जातहरू

    ताप तथा तुषारो सहन सक्ने जातका फूल

    काट्न तथा वितरण गर्न सजिलो हुने प्रजाति

लामो समयसम्म राख्न

गरिने उपाय

    काण्डको जुन भाग तल वा सतहमा ठोकिन्छ उक्त भागको क्षेत्रफल अलि बढी हुनुपर्छ तसर्थ कोण आकारमा काट्नु राम्रो हुन्छ । हाँगामा भएका पात तथा काँडाहरू हटाउनुपर्छ ।

    कटफ्लावरलाई  सधै सफा पानी र भाँडोमा राख्नुपर्छ ।

    कटफ्लावरलाई चिसो पानीमा राख्नुपर्छ तर टुलिप तथा  डेफोडिल फूलमा यो नियम लागू हुँदैन ।

    पात तथा फूल पनि पानीमा खसेर कुहिने खालको हुनुहँुदैन ।

    चिया चम्चाको एक चौथाइ जति ब्लिचिङ पाउडर प्रतिलिटर पानीमा मिसाउनुपर्छ । यसो गर्दा ब्याक्टेरियाको वृद्धि हुन पाउँदैन । त्यस्तै एक चिया चम्चाजति चिनी एक लिटर पानीमा मिसाउँदा बिरुवालाई खाद्यतत्व प्राप्त हुन्छ ।

    फूल राख्ने फूलदानीलाई ताप नजिकै वा तुषारो र सीधा प्रकाशमा राखे यसको आयु घट्छ ।

    कटफ्लावरमा फल लाग्न दिनु हुँदैन किनभने फलले धेरै इथेलिन ग्याँस पैदा गर्ने हुँदा फूलको आयु छोटो हुन्छ ।

    फूलदानीमा राखिएको पानी केही दिनको फरकमा फेर्नुपर्छ ।

अन्य हेरचाह

कट्फ्लावरलाई काटेपछि तुरुन्त पानीमा डुबाउनुपर्छ । ओइलिइसकेपछि भने पानीमा डुबाउनु हुँदैन । पानीमा दुबाउँदा काण्डको भित्री भागमा हावा पस्नु हँुदैन । हावा पसेपछि काण्डमा पानीको संचार हुन पाउँदैन र फूल चाँडै ओइलिन सक्छ । व्यावसायिक रूपमा अहिले कटफ्लावर उत्पादन गर्ने फर्म तथा व्यापारीहरूले व्यावसायिक फूलजन्य प्रिजरभेटिबहरूको प्रयोग गर्छन् । कटफ्लावरलाई विशेषत: चिसो ठाउँमा राख्नुपर्छ ।

एक–दुई घन्टासम्म चिसो ठाउँमा राख्दा यसबाट पानीको मात्रा क्षय हुनबाट जोगिन्छ । कटफ्लावरले धेरैभन्दा धेरै पानी ग्रहण गर्न त्यसको क्षमताको समेत विकास गर्न सकिन्छ । त्यसका लागि कटफ्लावरलाई १ सय १० डिग्री फरेनहाइटमा राख्नुका साथै फूलदानीमा रसायनसमेत हाल्नुपर्छ्र । यसो गर्दा बिरुवाले प्रशस्त पानी ग्रहण गर्छ र एक ठाउँबाट अर्को ठाउँमा लाँदा कम नोक्सान हुन्छ ।  कटफ्लावर राख्ने ठाउँमा भेन्टिलेसनको राम्रो व्यवस्था गर्नुपर्छ । कटफ्लावर नजिकै ताप, टेलिभिजन सेट वा अन्य रेडियेटर सामग्री राख्नु हुँदैन । फलफूल र कटफ्लावरलाई कहिल्यै सँगै राख्नु हुँदैन ।

विश्वमा कटफ्लावर निर्यात गर्ने प्रमुख दस राष्ट्र

१. हल्यान्ड    :    कुल कटफ्लावर निर्यातको  ५२ प्रतिशत

२. कोलम्बिया    :    कुल कटफ्लावर  निर्यातको  १५ प्रतिशत

३. इक्वेडर    :    कुल कटफ्लावर  निर्यातको  ९ प्रतिशत

४. केन्या    :    कुल कटफ्लावर  निर्यातको  ७ प्रतिशत

५. बेल्जियम    :    कुल कटफ्लावर  निर्यातको  ३ प्रतिशत

६. इथोपिया    :    कुल कटफ्लावर  निर्यातको  २ प्रतिशत

७. मलेसिया    :    कुल कटफ्लावर  निर्यातको  २ प्रतिशत

८. इटाली    :    कुल कटफ्लावर  निर्यातको  १ प्रतिशत

९. जर्मनी     :    कुल कटफ्लावर  निर्यातको  १ प्रतिशत

१०. इजरायल    :    कुल कटफ्लावर  निर्यातको  १ प्रतिशत

 Image