Successfully Copied

व्यवहार गर्दा ध्यान दिनुपर्ने कुराहरू

कतिपय अभिभावक आफ्ना छोराछोरीको राम्रो रिजल्ट आउँदा निकै खुसी हुने र केही बिग्रिए रिसाउने, कराउने, गाली गर्ने प्रवृत्तिका हुन्छन् जुन उनीहरूको मानसिकताका लागि निकै घातक हुन्छ । फलत: बालबालिकाहरू अभिभावकसँग आफ्ना मनका कुरा व्यक्त गर्न डराउँछन् र उनीहरू के गरिरहेका छन् भन्ने कुरा

बाल मन जति सरल र सहज हुन्छ त्यति नै जटिल पनि हुन्छ । बालबालिका आफूसित मात्र प्रेम र स्वीकृतिको चाहना राख्छन् । उनीहरू अरू कसैको प्रशंसा रुचाउँदैनन् । आफ्नै दिदीबहिनी तथा विद्यालयमा संगै पढेका साथीहरूको राम्रो कुरासमेत सुन्न सक्दैनन् । त्यही भएर आफू मात्र राम्रो, आफूले गरेको मात्र सही र अरू सबै गलत भन्ने कुरा हटाउन उनीहरूसँग प्रेमपूर्वक व्यवहार गर्नुपर्छ । यस्ता कुरा उनीहरूले नै गर्ने हो भनेर छोडिदिए भविष्यमा परिणाम घातक हुन्छ । आफ्ना सफलता मात्र होइन असफलता पनि स्वीकार होस् भन्ने चाहना बालबालिकाको हुन्छ ।

कतिपय अभिभावक आफ्ना छोराछोरीको राम्रो रिजल्ट आउँदा निकै खुसी हुने र केही बिग्रिए रिसाउने, कराउने, गाली गर्ने प्रवृत्तिका हुन्छन् जुन उनीहरूको मानसिकताका लागि निकै घातक हुन्छ । फलत: बालबालिकाहरू अभिभावकसँग आफ्ना मनका कुरा व्यक्त गर्न डराउँछन् र उनीहरू के गरिरहेका छन् भन्ने कुरा अभिभावकलाई अत्तोपत्तो हुँदैन । अभिभावक तथा विद्यालयका गुरुहरूले उनीहरूलाई भावनात्मक सुरक्षा एवं सपोर्ट प्रदान गर्नुपर्छ । बालबालिकाहरूसँग कुरा गरी उनीहरूको चिन्ता एवं जिज्ञासाको समाधान गर्नुपर्छ । अभिभावकले आफ्ना बालबालिकाबाट आफ्नो सपना पूरा गर्नुको साटो उनीहरूको सपना बुझी त्यसलाई पूरा गर्न उनीहरूलाई साथ दिनुपर्छ । बालबालिकाको भावनाको सम्मान गर्नुपर्छ अनि मात्र बालबालिकाहरू रमाइ–रमाइ पढ्छन्, खेल्छन् तथा प्रसन्न रहन्छन् ।

                                                                                      पूनम प्रधान, शिक्षिका

बालबालिकाबाट बढी अपेक्षा

बालबालिकाहरूको भावनात्मक आवश्यकता एवं अपेक्षालाई बेवास्ता गरी आफ्नो भावना उनीहरूमाथि थोपर्नु हुँदैन । यसले हाम्रो प्रेम, अपेक्षा, सपना, तनाव शिशुको भावनामा हावी हुन थाल्छ तर उसलाई त्यसबाट कसरी जोगिने भन्ने कुरा थाहा हुँदैन । अभिभावकहरू आफ्ना छोराछोरीसँग इमोसनल रूपमा उसको व्यवहारमाथि खेलिरहेका हुन्छन् । बालबालिकाहरूलाई मूर्ख वा नालायक छौ,यति सानो कुरा पनि बुझ्न सक्दैनौ भन्नु तथा शिशुबाट सधैं अपेक्षा गर्नु, उनीहरूको कुरालाई सीधै अस्वीकार गर्नुले उनीहरूमाथि भावनात्मक रूपमा चोट पुर्‍याउँछ ।

भावनात्मक नोक्सानीको प्रभाव लामो समयपछि मात्र देखापर्छ र त्यतिबेला यसको उपचार सम्भव नहुनसक्छ । यो बालबालिकाको विकासका लागि मात्र होइन जीवनकै लागि समेत घातक हुनसक्छ । यसको सामान्य प्रभावका रूपमा शिशु डिप्रेसनमा जानु, आत्मग्लानि हुनु, भयबाट ग्रस्त हुनु, आफ्नो भावनालाई ठीक तरिकाले व्यक्त गर्न नसक्नु तथा अरूमाथि वा स्वयंमाथि विश्वासको कमी हुनुजस्ता समस्या देखा पर्छन् ।

                                                             पूजा ताम्राकार, शिक्षिका

 Image