Successfully Copied

फलफूलमा लुकेको सौन्दर्य

मेवा, स्याउ एप्रिकेट, स्ट्रबेरी आदि फलफूल छालालाई नरमपन प्रदान गर्न, रिंकल र दाग–धब्बा हटाउन, छालालाई भित्रबाटै पोषण प्रदान गर्न, रोमछिद्रमा फसेको मैलो सफा गर्न, छालाको लचिलोपन कायम राख्न तथा छालालाई चम्किलो एवं सुन्दर राख्न विशेष सहयोगी हुन्छन् । त्यसका अतिरिक्त केही फलफूलमा पाइने

अहिलेको प्रदूषणले भरिएको वातावरणमा छाला चाँडै सुख्खा, बेजान र निस्तेज हुन्छ । छालाको गुमेको चमक फर्काउन र छालासित जोडिएको हरेक प्रकारको समस्या समाधान गर्न फलफूलको प्रयोग अत्यन्त प्रभावकारी हुन्छ । मेवा, स्याउ एप्रिकेट, स्ट्रबेरी आदि फलफूल छालालाई नरमपन प्रदान गर्न, रिंकल र दाग–धब्बा हटाउन, छालालाई भित्रबाटै पोषण प्रदान गर्न, रोमछिद्रमा फसेको मैलो सफा गर्न, छालाको लचिलोपन कायम राख्न तथा छालालाई चम्किलो एवं सुन्दर राख्न विशेष सहयोगी हुन्छन् । त्यसका अतिरिक्त केही फलफूलमा पाइने एन्टिअक्सिडेन्टले छालाका  लागि कवचको काम गरी सूर्यको हानिकारक किरणबाट हुने दुष्प्रभावबाट जोगाउँछ ।

मेवा : मेवालाई खान मात्र होइन छालामा समेत प्रयोग गर्न सकिन्छ । मेवामा त्यस्तो तत्व पाइन्छ जसले छालालाई भरपूर पोषण प्रदान गर्छ । मेवामा भिटामिन इ, ए र सी पाइन्छ जसले छाला कसिलो बनाउन तथा त्यसलाई नरमपन प्रदान गर्न सहयोग पुर्‍याउँछ । मेवा एन्टिअक्सिडेन्ट्सले भरपूर हुन्छ । यसमा एक प्रकारको विशेष इन्जाइम पपेन पाइन्छ जसले छालाको मृतकोषिका नष्ट गरी छालाका लागि नयाँ स्वस्थ कोषिका निर्माण गर्छ । मेवा छालाको मैलो निकाल्न पनि सहयोगी हुन्छ । यो सूर्यको हानिकारक किरणबाट छालामा पर्ने दुष्प्रभाव हटाउन पनि उत्तिकै लाभदायक एवं प्रभावकारी छ ।

स्याउ : स्याउ स्वस्थ शरीर एवं स्वस्थ छालाका लागि अत्यन्त लाभदायक छ । स्याउमा भएको एन्टिअक्सिडेन्ट्सले कोषिकालाई नष्ट हुनबाट जोगाउँछ र उमेरको प्रभाव छालामा पर्न दिँदैन । त्यसबाहेक स्याउमा छालालाई नरम, कोमल एवं लचिलो बनाउने विशेष गुण पनि पाइन्छ । यो छालाको प्राकृतिक चमक कायम राख्न सहयोगी हुन्छ । स्याउले छालाको बन्द रोमछिद्रलाई गहिराइबाट सफा गर्नुका साथै छालालाई भित्रैसम्म पोषण प्रदान गर्छ । स्याउले छालामा मोइस्चराइजरको पनि काम गर्छ । स्याउले सनवर्नको समस्यामा पनि राहत पुर्‍याउँछ ।

एप्रिकेट : एप्रिकेटमा लिनालिक र ओलिक एसिड, भिटामिन ए, सी तथा लाइकोपिन हुन्छ । यी सबै तत्वको मेलका कारण एप्रिकेट छालाको सौन्दर्य बढाउन अत्यन्त लाभदायक हुन्छ । एप्रिकेट आयल संवेदनशील छालाका लागि विशेष लाभदायक मानिन्छ । यसलाई छालामा उमेरको प्रभाव कम गर्न पनि प्रयोग गर्न सकिन्छ । यसले शरीरमा कुनै असर नपुर्‍याई छालाको दाग–धब्वा हटाउन तथा छालामा नरमपन प्रदान गरी सुख्खा छालाको उपचारमा सहयोग गर्छ । एप्रिकेट छालामा लचिलोपन ल्याउन पनि उपयोगी छ । यसबाहेक एप्रिकेटले छाला पोल्ने, सुन्निने आदि समस्यामा प्रभावकारी भूमिका निर्वाह गर्छ । यसले छालाको डर्म टाइटिस तथा एक्जिमाको समस्या समेत समाधान गर्छ ।

कागती : भिटामिन सी एवं कागती छालाका लागि फाइदाजनक हुन्छ । कागतीले छालालाई ताजा, सुन्दर एवं आकर्षक बनाउँछ । यसमा पाइने भिटामिन सी तथा प्राकृतिक ब्लिचिङको गुणले क्लिन्जरको काम गर्छ । यो छालामा कोलोजन निर्माण गर्न पनि सहायक हुन्छ । कागती छालाको रंग सुधार्न, त्यसलाई चम्किलो बनाउन, छालाको दाग, धब्बा एवं फाइन लाइन्स हटाउन, पोतोको दाग हल्का गर्न, छालाको सुख्खापन हटाउन, छालालाई नरम तथा सुकोमल बनाउन सहायक हुन्छ । समग्रमा यसले सुन्दर, स्वस्थ एवं चम्किलो छाला प्रदान गर्छ ।

स्ट्रबेरी : स्ट्रबेरीको नियमित प्रयोगले छाला स्वस्थ एवं चम्किलो देखिन्छ । स्ट्रबेरीको रसले छालाको रंग सुधार्न तथा पोतोको दाग कम गर्न प्रभावकारी भूमिका निर्वाह गर्छ । यसले छालामा पर्ने उमेरको प्रभाव पनि कम गर्छ भने अल्ट्राभ्वाइलेट किरणबाट पुग्न गएको क्षतिलाई कम गरी छालालाई जवान एवं सुन्दर बनाउन सहयोग पुर्‍याउँछ । स्ट्रबेरीले छालामा नयाँ कोशिका निर्माण गर्ने प्रक्रिया अघि बढाएर छालाको पुनर्निर्माण गर्छ । यो आँखामुनिको कालो घेरा तथा आँखाको डिल सुन्निने समस्या कम गर्न पनि सहायक हुन्छ ।

 Image