Successfully Copied

मीनाका लागि मेकअप टिप्स

मीना निरौला, गायिका एक दशकअघिदेखि नै क्लासिकल तथा आधुनिक गीति यात्रामा सक्रिय गायिका मीना निरौला अहिले ठमेल बजार तथा काले दाइजस्ता आइटम गीतका कारण चर्चामा छिन् ।

मीनाको अनुहार डायमन्ड सेपको भएकाले जलाइन र फोर हेडलाई कन्ट्रोर गर्दा उनको अनुहार ओभल देखिन्छ । अनुहारमा पिम्पल्सका दाग भएकाले पहिलो कोटमा कन्सिलर लगाई दाग छोपेर फाउन्डेसन लगाउने वा रिच फाउन्डेसन लगाएर मेकअप सुरु गर्नुपर्छ । अनुहारमा ब्रन्ज कलरले गालाको भागमा कन्ट्रोर गर्दा अनुहार आकर्षक देखिन्छ । आँखालाई आकर्षक देखाउन इनर लाइनर एवं भोलुम मस्कारा प्रयोग गर्नु उपयुक्त हुन्छ । लिप सानो र मसिनो भएकाले आउटलाइन अलि बढाएर एम सेपमा लिपिस्टिक लगाउँदा ओठ आकर्षक देखिन्छ । हाइलाइट गर्दा ओठलाई समेत हाइलाइट गर्नुपर्छ । केशको रेसा मसिनो भएकाले स्ट्रेटभन्दा पनि हल्का वेभी लुक दिँदा बढी सुहाउँछ ।

                             मेकअप : रुश्का वैद्य श्रेष्ठ, आइटीसी ब्युटिपार्लर, नक्साल

 

 Image