Successfully Copied

हिउँदमा केशको स्याहार

नरिवलको क्रिमलाई हल्का तताउने । त्यसलाई केशको जरादेखि टुप्पासम्म हल्का हातले मालिस गर्ने । तातो तौलियाले केश बेरेर एक घन्टाजति छोड्ने ।

    दैनिक स्याम्पु गर्नु हुँदैन । जाडोमा सातामा दुई–तीन पटक स्याम्पु गर्नु उपयुक्त हुन्छ । यसबाट केश सुख्खा हुन पाउँदैन ।

    सातामा एकपटक डिप कन्डिसनिङ ट्रिटमेट गराउनुपर्छ । यसले केशलाई हाइड्रेटेड राख्छ ।

    बढी स्टाइलिङ प्रोडक्ट प्रयोग गर्नु हुँदैन । कडाखालको रसायन मिसिएको स्याम्पुले केश ड्यामेज गर्छ ।

    हेयर ड्रायरको प्रयोग पनि कम नै गर्नुपर्छ । यसबाट पनि केश सुख्खा तथा कमजोर हुन्छ ।

    जाडोमा दुईमुखे केशको समस्या सिर्जना हुन नदिन ५–६ साताको फरकमा केश ट्रिम गराउनुपर्छ ।

    स्ट्रेटनर्स वा हट आइरनबाट जोगिनुपर्छ । यसले पनि केशलाई सुख्खा बनाउँछ ।

    अल्कोहलयुक्त प्रोडक्ट प्रयोग गर्नु हुँदैन ।

    घरबाहिर निस्कदा ह्याट वा स्कार्फले केश कभर गर्नु उपयुक्त हुन्छ । सुख्खा तथा चिसो हावाबाट केश सुरक्षित रहन्छ ।

    सुख्खा केश तथा सुख्खा स्काल्पको समस्याबाट जोगिन कागतीको रसमा नरिवलको तेल मिसाएर स्काल्पमा १०–१५ मिनेटसम्म मालिस गरी आधा घन्टापछि माइल्ड स्याम्पुले पखाल्ने । यसबाट डेन्ड्रफकोसमस्यासमेत समाधान हुन्छ ।

    कागतीको रस तथा दही मिसाएर मास्क तयार गर्ने । यो एन्टी डेन्ड्रफ मास्कलाई केश र स्काल्पमा लगाउने । ४५ मिनेटपछि चिसो पानीले धोएर माइल्ड स्याम्पु गर्ने । दहीले स्काल्प सफा गर्छ भने कागतीले चायाँ तथा मृत छाला हटाउने काम गर्छ ।

    एक गिलास काँचो दूधमा एक चिया चम्चा मह मिसाएर केशको जरादेखि टुप्पासम्म लगाएर २५ मिनेटपछि मनतातो पानीले स्याम्पु गर्दा केशले पोषण प्राप्त गर्छ ।

    नरिवलको क्रिमलाई हल्का तताउने । त्यसलाई केशको जरादेखि टुप्पासम्म हल्का हातले मालिस गर्ने । तातो तौलियाले केश बेरेर एक घन्टाजति छोड्ने । त्यसपछि माइल्ड स्याम्पुले केश पखाल्ने । यसबाट केश चम्किलो देखिन्छ ।

    एउटा पाकेको केरालाई म्यास गरी ८ थोपा बदामको तेल मिसाउने । अब राम्रोसँग केशको मालिस गर्ने । २५ मिनेटपछि एप्पल साइडर, भिनेगर वा बियरले केश पखाल्ने ।

    मेथीको दानालाई रातभरि भिजाएर राख्ने । बिहान त्यसलाई पिसेर केही थोपा तोरीको तेल मिसाई आधा घन्टासम्म स्काल्प तथा केश मसाज गर्ने । त्यसपछि मनतातो पानीले केश धोएर स्याम्पु गर्ने ।

    एलोबेरा जेलमा कागतीको रसको केही थोपा मिसाउने । यसमा एक चम्चा नरिवलको तेल वा ओलिभ आयल पनि हाल्ने । केशको जरादेखि टुप्पोसम्म राम्रोसँग दलेर आधा घन्टापछि स्याम्पु गर्ने ।

 Image