Successfully Copied

वर्षामा छालाको हेरचाह

तैलीय छालाका लागि मिन्ट बेस्ट स्किन टनिक उपयुक्त हुन्छ । स्क्रिन टनिकलाई फ्रिजमा स्टोर गरी दिनमा दुई पटक प्रयोग गर्नुपर्छ । यसबाट तरोताजा महसुस हुन्छ । गुलाबजलले पनि प्राकृतिक टोनरको काम गर्छ ।

- मनसुनमा छालाको विशेष हेरचाह आवश्यक छ । यो समयमा हावामा बढ्दो नमीका कारण छाला चिपचिपे एवं बेजान हुन्छ ।

-  सातामा कम्तीमा दुई पटक एक्सफोलिएट गराउनुपर्छ ।

- फ्रुट एक्सट्रेक्ट फेसवास प्रयोग गर्नुपर्छ ।

- हरेक पटक अनुहार धुँदा स्क्रिन, ब्राइटनिङ टोनर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

-  हेभी मोइस्चराइजिङ क्रिम, क्रिम बेस्ड मेकअप तथा तैलीय फाउन्डेसनको प्रयोगबाट जोगिनुपर्छ ।

- तैलीय छालाका लागि मिन्ट बेस्ट स्किन टनिक उपयुक्त हुन्छ । स्क्रिन टनिकलाई फ्रिजमा स्टोर गरी दिनमा दुई पटक प्रयोग गर्नुपर्छ । यसबाट तरोताजा महसुस हुन्छ । गुलाबजलले पनि प्राकृतिक टोनरको काम गर्छ ।

- मनसुनमा अनुहारलाई साबुनले धुनुभन्दा एस्ट्रिजेन्टले सफा गर्नुपर्छ ।

- ओटमिल तथा टमाटरको प्याक पनि लाभदायक हुन्छ । एक चम्चा टमाटरको रसमा थोरै मात्रामा ओटमिल मिसाएर पातलो पेस्ट तयार गर्नुपर्छ । यसमा एक थोपा पेपरमिन्ट एसेन्सियल आयल हाली अनुहारलाई मनतातो पानीले धोएर यो प्याक प्रयोग गर्न सकिन्छ । १० मिनेटपछि भिजेको कटन बलले पुछेर चिसो पानीले अनुहार धुनुपर्छ ।

- एउटा केरालाई म्यास गरी भेजिटेवल वा सलाद आयलमा फिट्ने अनि अनुहारमा प्रयोग गरी २० मिनेटपछि धुने ।

- मूलतानी माटो, चन्दन पाउडर तथा बेसन समान मात्रामा मिसाएर एयरटाइट कन्टेनरमा राख्नुपर्छ । त्यसलाई अनुहारमा लगाई राम्रोसँग सुकेपछि पखाल्ने ।

- मनसुन फेसप्याकका लागि ३ चम्चा ओटमिलमा अण्डाको सेतो भाग तथा एक–एक चम्चा मह र दही मिसाउने । यदि अण्डा प्रयोग नगर्ने हो भने त्यसको साटो गुलाबजल वा ओरेन्ज जुस प्रयोग गर्न सकिन्छ । यो प्याक लगाएको आधा घन्टापछि अनुहार धुनुपर्छ । यो प्याक सातामा दुई पटक प्रयोग गर्न सकिन्छ ।

- फ्रुट मास्क पनि प्रयोग गर्न उपयुक्त हुन्छ । पाकेको मेवामा स्याउ, पाइनापल तथा तरबुजा मिक्स गरी मास्क तयार गर्न सकिन्छ ।

- काँक्राको गुदीले एस्ट्रिन्जेन्टको काम गर्छ । यसले रोमछिद्रलाई बन्द राख्न मद्दत गर्छ ।

- तैलीय छालाका लागि बेसनमा दूध मिसाएर प्याक तयार गरी अनुहारमा प्रयोग गर्ने । २० मिनेटपछि अनुहार पखाल्ने ।

-  मनसुनमा सकेसम्म मनतातो पानीले अनुहार धुनुपर्छ ।

- छाला सुख्खा छ भने अल्कोहल फ्रि टोनर प्रयोग गर्ने ।

- सुख्खा छालाका लागि टोनरका रूपमा ५ थोपा केमोमाइल आयलमा एक चम्चा दूध मिसाएर प्रयोग गर्ने ।

- मनतातो पानीमा नुन, आधा कप कागतीको रस तथा टिट्री आयलको केही थोपा मिसाई त्यसमा खुट्टा डुबाएर राख्दा राहत प्राप्त हुन्छ । यो उपाय नियमित रूपमा अवलम्वन गर्दा खुट्टा स्वस्थ रहन्छ ।

 Image