अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।
सविता गिरि, थानकोट
म नारी नियमित रूपमा पढ्छु । विगत केही समययता नारीमा आउने पुरुषसम्बन्धी स्तम्भ निकै मन पर्छ । आगामी दिनमा यस्ता स्तम्भ अझ थप हुनु आवश्यक छ किनभने नारी–पुरुष एउटै सिक्काका दुई पाटा हुन् । महिलाहरूले पनि पुरुषको सोच, आनीबानी एवं व्यवहारका विषयमा जानकारी लिइरहनु जरुरी छ । पुरुष र महिलाका आपसी सम्बन्धका विषयमा दम्पती स्तम्भले मात्र नपुग्ला कि ? केही नयाँ, व्यावहारिक एवं नियमित जीवनशैलीलाई छुने खालका स्तम्भ थप गरेर नारीलाई अझ प्रभावकारी बनाउन सकिन्छ । त्यसो हुनसके हामी आफ्नो प्रिय पत्रिकाबाट अझ बढी जानकारी लिन सक्ने थियौं ।