Successfully Copied

फाउन्डेसन चयन गर्दा

एसपीएफ १५ भएको फाउन्डेसन छनोट गर्नुपर्छ, यसले छालालाई घामको हानिकारक किरणबाट जोगाउँछ ।

–एसपीएफ १५ भएको फाउन्डेसन छनोट गर्नुपर्छ, यसले छालालाई घामको हानिकारक किरणबाट जोगाउँछ । 

–फाउन्डेसनको रंग छालाभन्दा एक सेड हल्का हुनुपर्छ । 

–तैलीय छालाका लागि पानीको बेसयुक्त फाउन्डेसनमा मिनरल ओयल हुनु हुँदैन ।

–दानाजस्तो झल्कने छालाका लागि क्लेरिफाइङ फाउन्डेसन उपयुक्त हुन्छ । 

–फाउन्डेसन प्राकृतिक उज्यालो अर्थात् दिउँसो खरिद गर्नुपर्छ । 

–छालाको रंग बढी गाढा छ भने पहेंलो वा रातो अन्डरटोनयुक्त फाउन्डेसन चयन गर्नुपर्छ । 

–धेरैजसो व्यक्तिको अनुहारको मध्यभाग हल्का तथा बाहिरी भाग गाढा रंगको हुन्छ । त्यसैले दुई रंगको मध्यमा पर्ने सेड वा दुई अलग–अलग सेडको फाउन्डेसन प्रयोग गर्नुपर्छ । यी दुवै रंग छालाको रंगसित मेल खाने हुनुपर्छ । 

सही आइस्याडोको छनोट 

ओठले नखोले पनि आँखाले अभिव्यक्ति दिने भएकाले राम्रो र सुहाउँदो खालको आइस्याडो छनोट गर्नु आवश्यक छ । 

–आइस्याडो आँखा र छालालाई कम्प्लिमेन्ट गर्ने खालको हुनुपर्छ । 

–आँखा सानो भए हल्का र ठूलो भए गाढा रंगको आइस्याडो प्रयोग गर्नुपर्छ । 

रंगको चयन 

–खैरो आँखाका लागि गोल्डेन ब्राउन, ब्लु, ग्रे, पर्पल मरुन आदि रंग चयन गर्नुपर्छ । 

–नीलो रंगको आँखाका लागिसामान्य रंग अर्थात् ब्राउन पिच वा गोल्डेन ब्राउन प्रयोग गर्नुपर्छ । 

–कैलो वा खरानी रंगको आँखाका लागि गहिरो ग्रे, कालो, गाढा ब्राउन वा मजेन्टा पर्पल रंग उपयुक्त हुन्छ । 

 Image