शिव रात्रि होस् वा होली, दुवैमा बेहोस हुने गरी भगवान् शिवको नाममा भाङ खानेहरू प्रशस्तै पाइन्छन् । गाँजा, भाङ, धतुरो आदिको दुरुपयोग धेरै भएको पाइए पनि यी औषधीय गुणले समेत भरिपूर्ण छन् ।
भाङ, धतुरो, गाँजा आदिको कुरा आउनासाथ भगवान् शिवको नाम जोडिन्छ ।
शिव रात्रि होस् वा होली, दुवैमा बेहोस हुने गरी भगवान् शिवको नाममा भाङ खानेहरू प्रशस्तै पाइन्छन् । गाँजा, भाङ, धतुरो आदिको दुरुपयोग धेरै भएको पाइए पनि यी औषधीय गुणले समेत भरिपूर्ण छन् ।
भाङ र मरिचको धूलो बराबर मात्रामा मिसाएर महसँग १ ग्राम खाँदा अपचको समस्या समाधान हुन्छ ।
भाङको तेल दुखेको ठाउँमा लगाउँदा पीडा कम हुन्छ ।
भाङको बीउमा ओमेगा–६, ओमेगा–३ लगायत अन्य खनिज तत्व पाइन्छ ।
भाङको बीउ खाँदा मुटु रोगको सम्भावना कम हुन्छ ।
भाङको बीउलाई चटनीका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
फाइबर स्वास्थ्यका लागि आवश्यक तत्व हो, जुन भाङको बीउमा प्रशस्त मात्रामा पाइन्छ।
सुन्निएको वा दुखेको ठाउँमा भाङको पात पिसेर लेप लगाउँदा फाइदा हुन्छ ।
दमका रोगीले भाङको पात तथा मरिचको चूर्ण सख्खरसँग खाँदा लाभ मिल्छ ।
टाउको दुखाइमा भाङको पातको रसले फाइदा पुर्याउँछ ।
भाङको प्रयोग औषधीय रूपमा नगरेर केवल नशाका लागि गर्नु हानिकारक हुन्छ ।
मुलुक चुनावमा होमिएको छ । यसैक्रममा प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा उम्मेदवारको मनोनयम प्रक्रिया सकिएको छ । मनोनयमा प्रत्यक्ष निर्वाचनतर्फ महिलाको प्रतिनिधित्व संख्या न्यून छ ।