Successfully Copied

तीन दिने सौन्दर्य मेला सम्पन्न

सौन्दर्य कला व्यवसायी संघ र एफएनसीसीआईले माघ १४ गते सुक्रबारदेखि सुरु गरेको तीन दिने सौन्दर्य मेला आइतबार सम्पन्न भएको छ ।

सौन्दर्य कला व्यवसायी संघ र एफएनसीसीआईले माघ १४ गते सुक्रबारदेखि सुरु गरेको तीन दिने सौन्दर्य मेला आइतबार सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजित उक्त मेलामा पाँच विकास क्षेत्रका व्यवसायीहरूको बाक्लो जमघट भएको थियो । मेलामा पाकिस्तान र बंगलादेशका स्टल पनि राखिएका थिए । विशेषगरी मेलामा नेपालमा उत्पादित वस्तु तथा कस्मेटिक उत्पादनलाई प्रोत्साहित गर्न र स्वदेशी वस्तुहरूको प्रयोग बढाउनका लागि मेलाको आयोजना गरिएको सौन्दर्य कला व्यवसायी संघकी निशा गौतमले बताइन् । 

उक्त मेलामा ६० वटा स्टल राखिएका थिए । जसमध्ये मेलामा स्वदेशी तथा विदेशी कस्मेटिक उत्पादनकै स्टलहरूको संख्या नै बढी थियो । मेलाको दोस्रो र तेस्रो दिन फेसनको आयोजना गरिएको थियो । उक्त फेसन शोको र्‍याम्पमा नमुना कलेजका विद्यार्थीहरू आफैले तयार गरेका डिजाइनमा प्रस्तुत भएका थिए ।

तस्विरहरु : नवराज वाग्ले 

 Image