Successfully Copied

मधुमेहका बिरामीका लागि

मधुमेहका बिरामीले थोरै तथा हल्का खाना खानुपर्छ । यसो गर्दा भोक लागिरहन्छ । यस्तो स्थितिमा काँक्रा खाएर भोक कम गर्नुपर्छ ।

कागती

मधुमेहका बिरामीलाई धेरै तिर्खा लाग्छ । कागती निचोरेर पिए तिर्खा लागिरहँदैन ।

काँक्रा

मधुमेहका बिरामीले थोरै तथा हल्का खाना खानुपर्छ । यसो गर्दा भोक लागिरहन्छ । यस्तो स्थितिमा काँक्रा खाएर भोक कम गर्नुपर्छ ।

तरकारी

बिरामीले लौका, परबल, पालुंगो एवं मेवा प्रयोग गर्नुपर्छ ।

जामुन

मधुमेहको उपचारमा जामुन विशेष औषधि हो । यसलाई मधुमेहका बिरामीको फल भन्दा पनि फरक नपर्ला । जामुनको गेडा, बाहिरको भाग, रस तथा गुदी सबै मधुमेहको समस्यामा फाइदाजनक हुन्छ । मौसमअनुसार जामुनको सेवन औषधिका रूपमा गर्न सकिन्छ । जामुनको गेडाको चूर्ण बनाएर राख्नुपर्छ । दिनमा दुई–तीनपटक ३ ग्राम पानीसँग मिसाएर उक्त चूर्ण सेवन गरे पिसाबमा चिनीको मात्रा कम हुन्छ ।

करेला

पहिले–पहिले करेलालाई मधुमेहको औषधिका रूपमा प्रयोग गरिन्थ्यो । यसको तीतो रसले चिनीको मात्रा कम गर्छ । मधुमेहका बिरामीले करेलाको रस दिनहुँ पानीमा मिसाएर पिउनुपर्छ । एक शोधअनुसार उमालेको करेलाको पानी नियमित रूपमा सेवन गर्ने हो भने मधुमेह निको हुन्छ ।

मेथी

मधुमेहको उपचारका लागि पनि मेथी लाभदायक मानिन्छ । हिजोआज आयुर्वेदिक औषधि पसलमा मेथीको पाउडर पाइन्छ । बिहान खाली पेटमा दुई चिया चम्चा मेथीको धूलो पानीसँग पिउनुपर्छ । यसले मधुमेहका रोगीलाई फाइदा पुर्‍याउँछ ।

गहुँको जमरा

गहुँको जमरामा रोग नष्ट गर्ने शक्ति हुन्छ जसले असाध्य रोगलाई पनि जरैदेखि निर्मूल पार्छ । यो मानिसको रगतसँग ४० प्रतिशत मेल खान्छ । त्यसैले यसलाई हरियो रगत पनि (ग्रीन ब्लड) भनिन्छ । जमराको ताजा रस निकालेर आधा कप पिए फाइदा हुन्छ ।

गाजर–पालुंगो

मधुमेहका बिरामीले गाजर तथा पालुंगोको रस मिसाएर पिउनुपर्छ । यसले आँखाको कमजोरी हट्छ ।

अन्य उपचार

 नियमित रूपमा दुई चम्चा निमको रस तथा चार चम्चा केराको पातको रस बिहान–बेलुकी सेवन गर्नुपर्छ । अमलाको रस चार चम्चा, गुडमारको पातको काँडा बिहान–बेलुकी पिए फाइदा हुन्छ ।

 Image