Successfully Copied

उमेरअनुसार स्किन केयर

उमेरअनुसार छालाको स्याहार गर्नुपर्छ । बाल्यावस्थाको छाला र युवावस्थाको छालामा भिन्नता हुन्छ ।

उमेरअनुसार छालाको स्याहार गर्नुपर्छ । बाल्यावस्थाको छाला र युवावस्थाको छालामा भिन्नता हुन्छ । त्यसैगरी उमेर बढ्दै जाँदा छालाको प्रकृतिमा पनि परिवर्तन आउँछ ।

बीसदेखि तीसको उमेरमा

२० वर्षका युवतीको छालामा गुलाबी निखार हुन्छ । छालामा सिबम (छालाको ग्रन्थ्रिको तैलीय स्राव) धेरै बन्छ, जसले छालालाई नरमपन प्रदान गर्नुका साथै त्यसको सुरक्षा पनि प्रदान गर्छ । यसले छालालाई रिंंकल फ्रिसमेत राख्छ । यद्यपि सिबम छालाका लागि सधै नै लाभदायक हुन्छ भन्ने छैन । किशोरावस्था सकिनेबित्तिकै छालामा भएको सिबोसियस ग्रन्थि धेरै सक्रिय हुन्छ । त्यसैले कतिपय अवस्थामा यी ग्रन्थिका छिद्र खोलिन्छन् त कतिपय अवस्थामा बन्द हुने समस्या देखापर्छ । यसका अतिरिक्त यो उमेरमा जसले सही एवं पौष्टिक आहार खाँदैनन्, उनीहरूको छालामा यसको नराम्रो असर देखापर्छ र मुहारको गुलाबी निखार हराउँछ अनि छाला बेजान र रुखो देखिन्छ ।

छालाको क्लिन्जिङमा सबैभन्दा बढी ध्यान दिनुपर्छ । बिहान र राति क्लिन्जिङ मिल्क प्रयोग गर्नुपर्छ । यसबाट प्रदूषणबाट प्रभावित रोमछिद्र सफा हुन्छ । छालाको श्वासप्रश्वास प्रक्रिया सुचारु भैरहन्छ र आवश्यकताभन्दा बढी सिबम बन्न पाउँदैन ।

यदि छाला तैलीय छ भने ओइल फ्रि क्लिजिङ मिल्क प्रयोग गर्नुपर्छ :

हल्का तर प्रभावकारी एक्सफोलिटरको प्रयोग पनि यो उमेरको छालाका लागि राम्रो हुन्छ ।

बेसन, चन्दन तथा चामलको पाउडरयुक्त स्क्रबरको प्रयोगबाट तैलीय ग्रन्थिलाई राहत पुग्छ ।

दिनमा कम्तीमा दुई पटक अनुहार सफा गर्ने, दिउँसो घरबाहिर जानुपरे २० मिनेटपूर्व आफ्नो छालाअनुसार सनस्क्रिन प्रयोग गर्ने । २५ वर्षपछि आँखा वरिपरि नरम रिंकल देखापर्छ । अत: आवश्यकताअनुसार अन्डर आई क्रिम प्रयोग गर्नुपर्छ ।

तीसदेखि चालीसको उमेरमा

यो उमेरमा छालालाई नमी र पोषण प्राप्त होस् भन्ने कुरालाई ध्यानमा राखेर छालाको हेरचाह गर्नुपर्छ ।

३० को उमेरमा छालामा कोलेजन र छालाको लचकतामा कमी आउँछ । यसका लागि एन्टी एजिङ क्रिम प्रयोग गर्नुभन्दा छालाको हेरचाहमा ध्यान पुर्‍याउनु राम्रो हुन्छ । मोस्चराइजर लगाउनु मात्र पर्याप्त हुँदैन । स्किन सिरम पनि प्रयोग गर्नुपर्छ । यसबाट छालामा मसिना रेखाहरू बन्न पाउँदैनन् ।

सुत्नुपूर्व धेरै मोस्चराइजर प्रयोग गर्नुभन्दा स्किन रिपेजर क्रिम प्रभावकारी हुन्छ ।

आँखामुनि देखापर्ने रिंकलमाथि मात्र नभएर गर्दनमा देखापर्ने रिंकलमा पनि ध्यान पुर्‍याउनुपर्ने हुन्छ । डिप नेक ब्लाउज लगाउने इच्छा छ भने गर्दनको हेरचाह गर्ने कुरालाई बेवास्ता गर्न सकिँदैन । छालामा कुनै प्रकारको लोसन वा क्रिम प्रयोग गर्दा गर्दनलाई पनि सम्झनु उचित हुन्छ । यसका लागि गर्दनमा स्ट्रोक्स दिनु राम्रो हुन्छ । जसबाट गर्दनको छालामा पनि कसाब कायम रहन्छ ।

चालीस–पचासको उमेरमा

यो उमेरमा हार्मोन्स उतार–चढाबको प्रभाव छालामा देखिन्छ । शरीरमा इस्ट्रोजनको स्तर बिग्रन थाल्छ । यसले छालालाई प्रभावकारी तुल्याउँछ । अनुहारको तल्लो भागबाट व्यक्तिको उमेरको अनुमान लगाउन सकिन्छ । आफ्नो उमेर कम देखाउन ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्छ । यसले छालालाई कसिलो बनाउँछ । अनुहारको स्याहार गर्न बदाम एवं प्रोटिनयुक्त युथ सिरम प्रयोग गर्न सकिन्छ । यसले छालाको रंगलाई एकनास बनाउन सहयोग गर्छ ।

यो उमेरमा आँखाको कुनातर्फको छालामा गहिरो रिंकल देखिन्छ । आँखामा थकान महसुस हुन्छ भने बदाम र भिटामिन ईयुक्त विशेष आई क्रिम प्रयो गर्नुपर्छ । छाला सुख्खा नहोस् भनेर पौष्टिक आहारका अतिरिक्त पिउने पानीको मात्रामा ध्यान पुर्‍याउनुपर्छ । विटजर्म र लेवेन्डरयुक्त प्रयोग गर्नु प्रभावकारी हुन्छ । अनिद्रा छालाका लागि खतरनाक साबित हुनसक्छ भने राम्रो नाइट क्रिमले छालाको सुरक्षा गर्छ । क्रिम लोसन लगाउन भिटामिन सिप्लमेन्ट पनि प्रयोग गर्न सकिन्छ । यसले शरीरलाई भित्र र बाहिर दुवै दृष्टिकोणबाट फाइदा पुर्‍याउँछ ।

पचास प्लसको उमेरमा

आधा जीवन पूरा गरेपछि अनुहारको आभा कायम राख्न कठिन भए पनि असम्भव भने हुँदैन ।

ओठमा उम्रने रेखा रोक्नका लागि ग्लसयुक्त लिपिस्टिक र भिटामिन रिच नाइट लिप बाम प्रयोग गर्नु उचित हुन्छ । कोजिक एसिडले अनुहारमा देखापरेको दागलाई हटाउन सहयोग गर्छ, यसका लागि च्याउ सेवन गर्दा राम्रो हुन्छ । त्यसो त बजारमा मसरुम र अनारको रसयुक्त एन्टी एजिङ क्रिम पनि उपलब्ध छ, जसले यो उमेरको छालामा लाभ पुर्‍याउँछ । शरीरको हड्डी र छालाका लागि जौं, सोयाबिन, अनार तथा जैतुन आदि खाद्यपदार्थ सेवन गर्नु राम्रो हुन्छ । छालाको धेरै भागलाई खुम्चनबाट जोगाउन राम्रो क्वालिटीको ह्यान्ड बढी मोस्चराइजर प्रयोग गर्न सकिन्छ ।

५० वर्ष कटेका महिलाले क्याल्सियम रिच डे क्रिम प्रयोग गर्नु राम्रो हुन्छ । छाला धेरै सुख्खा भए डर्मेटोलोजिस्टको सल्लाह लिनुपर्छ । अनुहारको मालिसका लागि फेसियल लोसनका अतिरिक्त केही असेन्सियल ओइल प्रयोग गर्नुपर्छ ।

 Image