Successfully Copied

आइमेकअप एण्ड केयर

गाजल, मस्कारा, स्याडो, लाइनरजस्ता मेकअप प्रोडक्टहरू वाटरप्रुफ नै प्रयोग गर्नुपर्छ ।

आइमेकअप 

गाजल, मस्कारा, स्याडो, लाइनरजस्ता मेकअप प्रोडक्टहरू वाटरप्रुफ नै प्रयोग गर्नुपर्छ । जहिले पनि एउटै खालको रेड, गोल्डेन, ब्राउन कलरको आइस्याडो प्रयोग गर्नुभन्दा अलि फरक देखिने ब्ल्याक स्मोकी आइमेकअप गर्नु उपयुक्त हुन्छ । यो आइमेकअप सबै खालको पहिरनसँग म्याच हुन्छ र फरक पनि देखिन्छ । साडी, कुर्ता, लेहेंगा, वान पिस आदि हरेक पहिरनमा उत्तिकै सुहाउँछ । 

ब्ल्याक स्मोकी आइमेकअप

आँखालाई सफा गरेपछि त्यसको माथिल्लो भागमा प्राइमर लगाउने । आइबेसका लागि निउडमा ब्राउन वा चकलेट कलरको आइस्याडो प्रयोग गर्ने । त्यसपछि ब्ल्याक कलरको स्मोकी मेकअप गर्ने अनिसेतो कलरको हाइलाइट प्रयोग गर्ने । ब्रो कलरको आइब्रो पेन्सिलले हल्का मोटो आइब्रो लगाउने । अहिले अलि मोटो आइब्रो फेसन छ । 

मस्कारा

आइब्रो बनाएपछि मस्कारा लगाउने । आँखाको सेप हेरेर आइलाइसिस लगाउने । आँखा ठूलो छ भने ठूलो र सानो छ भने सानो आइलाइसिस प्रयोग गर्ने । माथिबाट आइलाइनर लगाउने । तलको भागमा पनि आइपेन्सिल तथा गाजल लगाउने । तलको आइलाइसिसमा पनि मस्कारा लगाउने । यति भएपछि आइमेकअप सकिन्छ । त्यसपछि अरू मेकअप गर्न थाल्ने । 

आइमेकअप केयर टिप्स

आँखाको मेकअप मेटाउन आइमेकअप रिमुभर प्रयोग गर्ने । आइलाइसेसलाई राम्रोसँग सफा गर्ने । आइमेकअप रिमुभरको प्रयोग हल्कासँग गर्ने । राम्रो ब्रान्डको प्रोडक्ट मात्र प्रयोग गर्ने । आँखालाई चम्किलो बनाउन तथा डार्क सर्कल हटाउन आलुको रस वा काँक्राको रसको लेप लगाउने । 

 Image