Successfully Copied

अन्तर्जातीय विवाह

विवाह सामाजिक सम्बन्ध हो ।

यमुना घले, वरिष्ठ कार्यक्रम अधिकृत, स्वीस राजदूतावास 

विवाह के हो ? 

विवाह सामाजिक सम्बन्ध हो । 

हरेक मानिसले विवाह गर्नु आवश्यक छ ? 

सबैको जीवनमा विवाह आवश्यक छैन । यो व्यक्तिको चाहना, आवश्यकता एवं अनुकूलता हेरेर गरिने कुरा हो । 

तपाईंको विवाह कहिले र कसरी भयो ? 

आजभन्दा २४ वर्षअघि पाँचथरमा ५ रुपैंयाँको हुलाक टिकट टाँसेर हाम्रो विवाह भएको थियो । कामको सिलसिलामा हामी दुवै पाँचथरमा थियौं । श्रीमान् (विष्णुराज उप्रेती) र मेरो कार्यक्षेत्र एउटै थियो । श्रीमान् मभन्दा सिनियर हुनुहुन्थ्यो । कामकै सिलसिलामा हामीले एक–अर्कालाई मन परायौं । घरबाट पनि विवाहको दबाब आएका कारण हामीले विवाह गर्‍यौं तर घरमा भने पछिमात्र थाहा दियौं ।

अन्तर्जातीय विवाह गरेका कारण कुनै किसिमको अप्ठ्यारो पर्‍यो कि ? 

ज्ञान, शिक्षा र कार्यक्षेत्र एउटै भएका कारण घरमा त अप्ठ्यारो परेन तर माइतीमा भने सुरुमा पत्याउनु भएन । हाम्रो परिवारमा छोरीको विवाह लाहुरेसँग गरिदिने परम्परा थियो । त्यसैले सुरुमा माइती पक्ष रिसाए पनि पछि सबै कुरा सामान्य भयो । 

विवाहपछि कसरी भिन्न संस्कृतिमा घुलमिल हुनुभयो ? 

भिन्न जात भएकै कारण विभेद गर्ने काम मेरो परिवारमा भएन । दुवै पक्षका संस्कारमा विद्यमान राम्रा कुरा ग्रहण गर्ने तथा विभेदकारी कुरा छोड्ने हो भने समस्या हुँदो रहेनछ । 

अन्तर्जातीय विवाहका राम्रा–नराम्रा पक्ष के–हुन् ? 

शैक्षिक योग्यता, आर्थिक उपार्जन एवं सामाजिक प्रतिष्ठाका अगाडि जात गौण हुन्छ । मिश्रित संस्कारमा हुर्किएपछि बालबालिका पनि विभेदप्रति संवदेनशील एवं सचेत हुन्छन् । उनीहरूले बहुसंस्कृति अनुभव गर्न पाउँछन् । यी राम्रा पक्ष हुन् । यति हुँदाहुँदै पनि कतिपय कुरामा अन्तर्जातीय विवाहका चुनौती पनि छन् ।

सबै कुरालाई सहज रूपमा लिइएन र परस्परलाई उचित सम्मान दिन सकिएन भने विभेद खेप्नैपर्छ । कतिपय अवस्थामा मुखले नभने पनि व्यवहारमा भेदभाव झल्कन्छ । धार्मिक क्रियाकलापमा सहभागी हुँदा समाजका कारण पनि केही विभेद झेल्नैपर्छ तथापि घरले राम्रो व्यवहार गरे असहज परिस्थिति सिर्जना हुँदैन । 

 Image