Successfully Copied

२०७३ साल मंसिर महिनाको राशिफल

११ गतेसम्मको समय विशेष फलदायी छ ।

मेष 

११ गतेसम्मको समय विशेष फलदायी छ । कुुनै विशेष काममा सफलता मिल्नेछ । धार्मिक काममा संलग्न रहनुुपर्ला । विभिन्न सामग्री किनमेल गर्ने अवसर जुर्नेछ । विवाह हुने योग छ । बाधाहरू आइलागे पनि बिस्तारै सफल भइनेछ । दाम्पत्य जीवनमा  एक–अर्काको कार्य चित्त नबुुझ्नसक्छ । नवविवाहिताहरूले बोल्दा एवं व्यावहारिक कार्य गर्दा विशेष सजगता अपनाउनुुहोला ।

वृष 

पारिवारिक सुुख–समृद्धि बढ्नेछ । भाउजुु वा बुुहारी भित्र्याउने मौका मिल्नसक्छ । विभिन्न कुुराको लाभका साथै आकस्मिक यात्रा हुुनेछ । सन्तान सुुख पनि प्राप्त होला । सबैबाट अपेक्षित सहयोग मिल्नेछ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्छ । हरेक कार्यमा श्रीमान्को साथ मिले पनि कुुनै–कुनै कुुरामा वैचारिक मतभेद सिर्जना हुुनेछ । 

मिथुन 

जाँगर बढ्नुुका साथै चिन्ता हट्नेछ । पारिवारिक सुुख एवं सहयोग प्राप्त हुनेछ । छोराछोरीले इच्छानुुसार कार्य गर्नेछन् । कुुनै विशेष कार्यमा संलग्न हुुने मौका मिल्नसक्छ । परिवारमा कसैलाई स्वास्थ्य समस्या उत्पन्न हुुनसक्ने भएकाले सजग रहनुुहोला । दाम्पत्य जीवन सुुमधुर रहनेछ । अनाहकमा विवादको सामना गर्नुुपर्नेछ । अनावश्यक झमेलाबाट टाढै रही सकेसम्म कम बोल्नुु हितकर हुुन्छ ।

कर्कट 

मनमा खिन्नता उत्पन्न भए पनि सबै काममा सफलता मिल्दै जानेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । आर्थिक पक्ष सबल रहनुका साथै व्यावसायिक क्षेत्रबाट पनि प्रशस्त लाभ हुुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ भने अपजस समेत आइलाग्नसक्छ । खानपानको राम्रो ख्याल गर्नसके आकस्मिक स्वास्थ्य समस्या टर्नेछ । 

सिंह 

पारिवारिक वातावरण सुुखमय रहनेछ । सन्तान सुुख मिल्नुुुका साथै आर्थिक लाभ पनि हुुनेछ । साथीभाइ एवं इष्टमित्रसँग सुखद् भेटघाट हुनेछ । दाम्पत्य जीवन सुुखद देखिन्छ । अभिभावक वा छोराछोरीसँग वैचारिक मतभेद हुुनसक्छ । आपूूmभन्दा टाढा रहेको पैतृक वा अचल सम्पत्तिको सम्झना आउनसक्छ । 

कन्या

शरीरमा आरोग्यता छाउनुुका साथै जाँगर पनि बढ्नेछ । परिवारका सदस्यहरूसँग घुुुम्न जाने अवसर प्राप्त हुनसक्छ । साथीभाइ एवं इष्टमित्रसँग भेटघाटको अवसर जुुर्नेछ । मनमा नकारात्मक विचार उत्पन्न भए पनि नयाँ कार्यको थालनी गर्ने मौका मिल्नेछ । नयाँ रोजगारी वा कार्यालयको कामले कतै जानुुपर्ने हुुनसक्छ । 

तुला 

पारिवारिक वातावरण सुुखमय रहनुुका साथै समझदारीसमेत कायम रहनेछ । कतै घुुम्न जाने अवसर मिल्नसक्छ । आर्थिक पक्ष सुुुदृढ देखिन्छ । व्यक्तिगत एवं पारिवारिक खुुसीका निम्ति लगानी हुुनसक्छ । काममा अपेक्षित सफलता मिल्नेछ । आकस्मिक उपहार प्राप्त हुनेछ भने अनावश्यक खर्च हुने योग भएकाले सतर्क रहनुहोला । टाउको एवं आँखा दुुख्ने समस्याले सताउनसक्छ । 

वृश्चिक

व्यक्तिगत वा अफिसियल कामले यात्रा हुुनसक्छ । यात्रामा बाधा आइलाग्नसक्छ । परिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम रहनेछ । दाम्पत्य जीवनमा पनि एक–अर्काबाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । व्यक्तिगत खुुसीका लागि केही खर्च हुुनसक्छ । मनोरञ्जनमा मन जानेछ । पेट, मुुटु एवं रक्तचापका रोगीहरूले स्वास्थ्यको विशेष ख्याल राख्नुुपर्नेछ । 

धनु

पारिवारिक सुुख प्राप्त हुनुका साथै विभिन्न कुुराको लाभ हुुनेछ । आफ्नो इच्छानुुसार काम गर्ने अवसर मिल्नेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । आकस्मिक बाधा आइलाग्नसक्छ । धैर्यपूर्वक एवं शान्तचित्त रही काम गर्नसके सबै बाधाबाट छुुटकारा पाउन सकिनेछ । परिवारमा सबैको चाहना बुुझी काम गरे अनपेक्षित विवादबाट जोगिन सकिएला । 

मकर 

योजनानुुरूप सबै काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध विवाहमा परिणत हुुनसक्छ । परिवार, इष्टमित्र एवं साथीभाइ सबैतिरबाट अपेक्षित सहयोग जुट्नेछ । विभिन्न उपहार प्राप्त हुुनेछन् । सन्तान लाभको योग छ । दाम्पत्य जीवन सुुखमय रहनेछ । सन्तानबाट सुख–सन्तोष प्राप्त हुनेछ । अभिनन्दित हुने अवसर पनि मिल्नसक्छ । 

कुम्भ     

सबै समस्या एवं बाधा हट्नेछन् । न्यायिक, सामाजिक एवं प्रतियोगितात्मक कार्यमा सफलता मिल्नेछ । पारिवारिक सुुख–समृद्धि वृद्धि हुनेछ । माइती पक्षसँग भेटघाट गर्ने अवसर जुुर्नेछ । कुुनै विशेष कामको जिम्मेवारी आइलाग्नसक्छ । श्रीमान्बाट अपेक्षित सहयोग मिल्नेछ । तपाईंको कार्यशैली एवं वाकपटुुताको सबैले प्रशंसा गर्नेछन् । टाउको एवं आँखा दुुख्ने समस्याले सताउनसक्छ । 

मीन 

अनपेक्षित बाधा खडा हुुनसक्छ । राम्रो गर्दागर्दै पनि अपजसको सामना गर्नुुपर्नेछ । महिनाको उत्तराद्र्धमा सबै समस्या समाधान हुुनुका साथै काममा सफलता प्राप्त हुनेछ । दाम्पत्य जीवन सुुखमय रहनेछ । विवाहको योग छ । विभिन्न कुुरामा लाभ हुुनेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । व्यावसायिक क्षेत्र लाभदायक देखिन्छ । 

 Image