Successfully Copied

पिम्पलबाट छुटकारा

पिम्पल फुटेमा यसको प्रभाव वरपरको छालामा हुन्छ र अरू पिम्पल उत्पन्न हुन्छ ।

हाम्रो शरीरमा असंख्य रोमछिद्र हुन्छन् जसका मुनि तेल ग्रन्थिहरू ‘सिबेसस’ हुन्छन् । यी ग्रन्थिले ‘सिबम’ नामक तेल उत्पन्न गर्छन् । त्यसबाट केशको चमक र छालालाई नमी प्राप्त हुन्छ । सिबम रोमछिद्रको माध्यमद्वारा छालाबाट बाहिर आउँछ । कहिलेकाहीँ अधिक मात्रामा पनि निस्कन्छ । यसैमा छालाको डेडसेल्स रोमछिद्रमा जम्मा भएर तिनलाई बन्द गर्छ । रोमछिद्र बन्द हुनुका कारण तेल सामान्य रूपबाट बाहिर आउन पाउँदैन र यहीँबाट प्रारम्भ हुन्छ, पिम्पल बन्ने समस्या । 

सिबम र छालाको डेडसेल्सबाट बनेको यो ब्लक्ड मिश्रणमा ब्याक्टेरिया तीव्र रूपमा उत्पन्न हुन्छ । ब्याक्टेरियाको प्रभावले छालामा लाली र सुजन सिर्जना हुन्छ । यही ब्लक्ड मिश्रण चाहे त्यो पीडादायक होस् वा नहोस्, यसलाई पिम्पल भनिन्छ । पिम्पल फुटेमा यसको प्रभाव वरपरको छालामा हुन्छ र अरू पिम्पल उत्पन्न हुन्छ । 

सावधानी 

कोमल खालको साबुन वा फेसवास प्रयोग गर्नुपर्छ । यसमा निम, कागती र ल्वाङ आदिको गुण हुन्छ । एक्ने म्याजिक एन्टिसेप्टिक फेसवास, एक्ने म्याजिक एन्टिसेप्टिक सोप, एलोबेरा जेल । यिनले मुहारको तहमा गएर कोमलतापूर्वक सफाइ गर्छन् । 

–मुहारबाट अनावश्यक तेल हटाउन कम्तीमा तीन पटक मुहार धुनुपर्छ । 

–यदि समस्या कायम रहन्छ भने ‘एक्ने म्याजिक किट’ घरमै राख्नुपर्छ । यसमा एलोबेरा, निम र बेसारको गुण छ । जुन एन्टिसेप्टिकको काम गर्नुका साथै छालाबाट विषाक्त तत्वलाई पनि बाहिर निकाल्छ । 

कसरी ख्याल गर्ने 

  • पिम्पल्स भए सीधा हातले छुनुहुँदैन । छोए तुरुन्तै हात धुनुपर्छ, अन्यथा जुन–जुन स्थानमा हातले छोइन्छ त्यहाँ एक्ने हुने समस्या हुन्छ । 
  • एक्नेलाई दबाउने वा कोतर्ने गर्नुहुँदैन । 
  • आफ्नो रुमाल वा तौलिया अलग्गै राख्नुपर्छ । 
  • राति सुत्नुअघि मेकअप उतारेर मुहार धुनुपर्छ ।
  • कतिपय अवस्थामा गर्भनिरोधक औषधि प्रयोग गर्दा पनि एक्ने निस्कन्छ । यसो हुँदा चिकित्सकको सल्लाह लिनुपर्छ । 
  • हार्माेन परिवर्तन पनि एक्ने निस्कने समस्याको कारण हुनसक्छ । समयमै महिनावारी नहुनु पनि कारण बन्न सक्छ । यस विषयमा पनि चिकित्सकको परामर्श उपयोगी हुन्छ । 
  • बारम्बार कस्मेटिक प्रोडक्ट परिवर्तन गर्नुहुँदैन । अति नाजुक छालामा यसको कुप्रभाव पर्छ । त्यसैले कुनै पनि एउटा प्रोडक्टको प्रभाव हेर्न कम्तीमा एक महिना समय दिनुपर्छ। 

उपाय 

  • एन्टी ब्याक्टेरिया इफेक्ट दिनुपर्छ । यसका लागि एक्ने पिम्पल्स क्रिमको प्रयोग गर्नुपर्छ । यो क्रिमलाई मात्र १५–२० मिनेटसम्म लगाउनुपर्छ तर मल्नु हुँदैन । यसमा भएको एन्टिसेप्टिक तत्वले एक्नेलाई दबाउन र घटाउनमा मद्दत गर्छ ।
  • एन्टिसेप्टिक तत्वका लागि एक्ने मेजिक पाउडर पनि प्रयोग गर्न सकिन्छ । जुन हर्बल पाउडर हुन्छ । यसमा निम बेसार र ल्वाङको मिश्रण हुन्छ । 
  • दिनमा कम्तीमा तीन पटक मुहारलाई फेसवासले धुनुपर्छ । 

 Image