Successfully Copied

गर्मीमा हरियो तरकारी

गर्मी मौसमको आगमनसँगै हरियो तरकारीको मौसम प्रारम्भ हुन्छ, जुन पौष्टिक तत्वबाट भरपूर हुन्छ जुन स्वास्थ्य र सौन्दर्यलाई आवश्यक हुन्छ ।

गर्मी मौसमको आगमनसँगै हरियो तरकारीको मौसम प्रारम्भ हुन्छ, जुन पौष्टिक तत्वबाट भरपूर हुन्छ जुन स्वास्थ्य र सौन्दर्यलाई आवश्यक हुन्छ । हरियो तरकारीको प्रयोगले शरीरमा रोगप्रतिरोधक क्षमता बलियो हुन्छ । छाला कोमल र जवान बनिरहन्छ । क्यान्सर, मधुमेह आदि अन्य रोगहरूबाट पनि जोगिन सकिन्छ । तरकारी प्रोटिनको राम्रो स्रोत हो जसले शरीरलाई धेरै फइदा हुन्छ । प्रोटिनबाट केश पनि बलियो र चम्किलो हुन्छ । विन्स र सेम : विन्स र सेममा आइरन, पोटासियम, जिन्क, फोलिक एसिड, क्याल्सियम र एन्टिअक्सिडेन्ट भरपूर  मात्रामा पाइन्छ । यसमा घुलनशील फाइबर हुन्छ जसले रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्छ, जसका कारण ह्दय रोगबाट जोगिन सकिन्छ र मोटोपन पनि कम हुन्छ । फलदार तरकारीमा पाइने एन्टिअक्सिडेन्टका कारण शरीरको विषाक्त पदार्थ बाहिर आउँछ र छालामा ताजापन र निखार आउँछ ।

ब्रोकाउली :

ब्रोकाउली, बन्दा गोभी र गोभी जति स्वादिष्ट हुन्छ, स्वास्थ्य र सुन्दरता कायम राख्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ । शोधकर्ताका अनुसार ब्रोकाउली, गोभी र बन्दा गोभीमा क्यान्सरसित लड्ने तत्व पाइन्छ । ब्रोकाउली र गोभीमा सल्फोराफोन नामक तत्व हुन्छ जसले शरीरमा गएर क्यान्सर बढाउने जिनलाई नष्ट गरिदिन्छ ।

पालक–करेला :

पालकको सेवनले शरीरमा रगत बढाउँछ, जसका कारण मुहार पनि आभायुक्त बन्छ । लौका चाँडै पच्छ र शरीरमा सुगरको मात्रा सामान्य बनाउन सहयोगी हुन्छ । परबलको सेवनले शरीरलाई ऊर्जा प्राप्त हुन्छ ।

पुदिना :

पुदिनामा धेरै लाभकारी तत्व पाइन्छ । टाउकाको पीडा, माइग्रेन, रुघा एवं पेट खराब भएमा पुदिनाको सेवनबाट तुरुन्तै आराम प्राप्त हुन्छ । पुदिनाको प्रयोगबाट शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ ।

सलगम :

सलगम अत्यन्त कम क्यालोरी भएको तरकारी हो । यसलाई एन्टिअक्सिडेन्ट, मिनरल र फाइबरको राम्रो स्रोत मानिन्छ । यसले शरीरमा इम्युनिटी बढाउने काम गर्छ र हानिकारक फ्रि र्‍याडिकल्स, क्यान्सर तथा सुजनबाट शरीरलाई रक्षा गर्छ । यसमा क्याल्सियम प्रशस्त मात्रामा हुन्छ । सलगमको तरकारी कुनै पनि रोगीले सेवन गर्न सकिन्छ ।

सिमला खुर्सानी :

सिमला खुर्सानी एउटा त्यस्तो तरकारी हो जुन सलादका रूपमा मात्र होइन तरकारी बनाएर पनि खान सकिन्छ । सिमला खुर्सानीमा भिटामिन ए र सी हुन्छ । यसले शरीरलाई ह्दयाघात एवं मोतीाविन्दुसित लड्न सहायता गर्छ । सिमला खुर्सानीभित्र कुनै क्यालोरी हुँदैन । अत: यसले खराब कोलेस्ट्रोल बढाउँदैन । यो तौल सन्तुलन कायम राख्नमा पनि सहयोगी हुन्छ । सिमला खुसार्नी क्यान्सरका बिरामीलाई निको पार्न पनि प्रयोग गरिन्छ । यसमा पाइने भिटामिन सी, भिटामिन ए र बिटा केरोटिन अधिक मात्रामा पाइन्छ । त्यसैले यी बिरामीमा यो लाभदायक हुन्छ ।

मटर :

हरियो मटर पौष्टिक तत्वबाट भरपूर हुन्छ । हरियो मटरमा स्वास्थ्यवद्र्धक गुण हुन्छ जसले शरीरमा कोलेस्ट्रोल बढ्न दिँदैन । हरियो मटरमा शरीरबाट ट्राइग्लिसराइडसको स्तर कम गर्ने गुण हुन्छ र यसको सेवनबाट ब्लडमा कोलेस्ट्रोल सन्तुलित हुन्छ । यसको सेवनबाट ह्दय रोग कम हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी कम्पाउन्ड हुन्छ र एन्टिअक्सिडेन्टको मात्रा पनि प्रशस्त हुन्छ । यी दुवै कम्पाउन्डको कम्बिनेसनले ह्दय रोग हुने खतरा कम गर्छ ।

हरियो तरकारीको सेवनले शरीरमा दिनभरि ताजापन कायम रहन्छ र शरीरमा ताजापन भए शरीर सुन्दर तथा ऊर्जाले भरपूर देखिन्छ । अत: आफ्नो भोजनमा हरियो तरकारी प्रशस्त मात्रामा प्रयोग गरी स्वस्थ र सुन्दर बनौं ।

 Image