Successfully Copied

कलर्ड गहनाको बढ्दो क्रेज

महिलाहरूले आभूषणलाई ठूलो महत्वका साथ लिएको पाइन्छ । समयअनुसार महिलाको चाहनामा पनि परिवर्तन आएको छ । हिजोआज महिलाहरूले गहनामा पनि सुविधा र आरामसँगै ट्रेन्डमा पनि ध्यान दिएको पाइन्छ । महिलाको भूमिकामा आएको परिवर्तन पनि यसको एउटा कारण हो ।

महिलाहरूले आभूषणलाई ठूलो महत्वका साथ लिएको पाइन्छ । समयअनुसार महिलाको चाहनामा पनि परिवर्तन आएको छ । हिजोआज महिलाहरूले गहनामा पनि सुविधा र आरामसँगै ट्रेन्डमा पनि ध्यान दिएको पाइन्छ । महिलाको भूमिकामा आएको परिवर्तन पनि यसको एउटा कारण हो । महिलाहरू गहनाको प्रयोग स्वयंलाई सुन्दर एवं आकर्षक देखाउन तथा आफ्नो स्टाइल स्टेटमेन्ट बनाउन गर्छन् । अहिले कलर्ड गहनाको चलन बढ्दै गएको छ । गहना डिजाइनरहरूले पनि यसप्रतिको बढ्दो रुचिलाई ध्यानमा राखी नियन र फ्लोरोसेन्ट कलर्ड गहनाको प्रयोग बढाउँदै लगेको पाइन्छ । यद्यपि यस्ता गहना लगाउँदा भने केही कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

–कलर्ड डायमण्ड गहना हरेक अवसरका लागि उपयुक्त हुन्छन् ।

–कलर्ड गहना लगाउँदा त्यो कपडाको रंगभन्दा विपरीत नदेखियोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

–हल्का वा पेस्टल रंगका कपडाका साथमा अतिरिक्त ध्यान तान्न चाहने हो भने मल्टी कलर्ड फ्लोरोसेन्ट नेकपिस सही छनोट हुनसक्छ ।

–एउटै रंगका कपडाका साथमा मल्टी कलर्ड गहना लगाउनुपर्छ ।

–एसेसरिजको एउटा पिस हेभी हुनुपर्छ । नेकपिस हेभी छ भने त्यसका साथमा हल्का रंगका चुरा र रिङ प्रयोग गर्नु उपयुक्त हुन्छ ।

–फ्लोरोसेन्ट कलर्ड  गहना क्याजुयल ड्रेसेज, डेनिम्स तथा स्कर्टका साथ पेयर हुन्छ ।

–एथनिक वेयरका साथ हेभी प्रेसियस स्टोन गहना लगाउन सकिन्छ ।

–इन्डोवेस्टर्न ड्रेसका साथ प्रेसियस स्टोन भएको एउटा स्टेटमेन्ट पिस पर्याप्त हुन्छ ।

–पार्टी वा इभनिङमा पातलो चेनका साथमा मल्टी कलर्ड स्टोन्स भएको पेडेन्ट धेरै राम्रो देखिन्छ ।

–गाढा रंगका कपडाका साथमा फ्लोरोसेन्ट तथा हल्का रंगका कपडाका साथमा नियन कलर्ड  गहना निकै रुचाइएको पाइन्छ ।

–कलर्ड गहना आफ्नो व्यक्तित्व सुहाउँदो हुनुपर्ने कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

 Image