Successfully Copied

समयअनुरूप फेसन

फेसनमा सधै नयाँ पहिरन भित्रने तथा पुरानो पहिरन बाहिरिने क्रम निरन्तर चलिरहन्छ । हरेक राष्ट्रमा आफ्नै वेशभूषा तथा फेसन ट्रेण्ड लोकप्रिय हुन्छ । नेपालमा पनि लामो समयदेखि यस किसिमको ट्रेन्ड छ । नेपालमा राष्ट्रिय तथा जातीय पहिरनहरूको आ–आफ्नै महत्व छ ।

फेसनमा सधै नयाँ पहिरन भित्रने तथा पुरानो पहिरन बाहिरिने क्रम निरन्तर चलिरहन्छ । हरेक राष्ट्रमा आफ्नै वेशभूषा तथा फेसन ट्रेण्ड लोकप्रिय हुन्छ । नेपालमा पनि लामो समयदेखि यस किसिमको ट्रेन्ड छ । नेपालमा राष्ट्रिय तथा जातीय पहिरनहरूको आ–आफ्नै महत्व छ । तथापि अहिले नेपाल भित्रिएका पश्चिमा तथा भारतीय फेसनले छुट्टै प्रकारको छवि कायम गरेका छन् । फेसनको कुरा पहिरनसँग नै जोडिएर आउँछ । कस्तो पहिरन, स्टाइल वा रंग आदिका कुराहरू भैरहन्छन् ।

पहिरनअनुसारको अन्दाज

हिजोआज मौसमअनुकूल पहिरन सहरदेखि गाउँसम्म व्याप्त छन् । हिमाली भेगमा गरिने फेसन र तराई भेगमा गरिने फेसन भूगोल तथा त्यहाँको वातावरणसँग मिल्दोजुल्दो हुन्छ । यसैगरी उच्च तथा निम्न वर्गमा हाई फेसन र लो फेसनजस्ता तह हुन्छन् । अर्कातिर हिजोआज जुन प्रकार वा स्टाइलको पहिरन लगाए पनि त्यो राम्रो छ भने फेसनेबल कहलिन्छ ।

पश्चिमा फेसन

नेपालमा भारतको फेसन आउन बेर लाग्दैन । भारतमा कुनै पनि नयाँ पहिरनको ट्रेन्ड आएलगत्तै नेपालमा त्यसको प्रभाव पर्छ । उता भारतमा ब्रिटिस पहिरनको प्रभाव उसैगरी जमेको छ । पश्चिमा फेसनको नक्कल विश्वभर गरिन्छ । पश्चिमा फेसनको प्रभाव नेपाल र भारतमा मात्र होइन विश्वभर परेको पाइन्छ । पश्चिमाहरूको पहिरन लगाउने शैली आकर्षक हुने भएकाले पनि धेरैको नजर त्यता तानिन्छ । उदाहरणका रूपमा गाउनलाई लिन सकिन्छ । हुन त यो भारतमा पनि कुनै एक फेसनका नामले उदाएको पहिरन हो तथापि पश्चिमा गाउनको छुट्टै लोकप्रियता एवं आकर्षण छ । भारतीय गाउन अलिक भद्दा हुन्छ । नेपालमा गाउनको फेसन भारतबाट आएको भनिए पनि खासमा यो पहिरनको अवधारणा सबैतिर पश्चिमबाटै नक्कल गरिएको हो । पछिल्लो समय गाउनको फेसन निकै बिस्तार भएको पाइन्छ । आधुनिक महिलाहरू विभिन्न फरक स्टाइलका फेब्रिकमा तयार पारिएका गाउनमा सजिएर हिँड्न रुचाउँछन् । गाउनमा किशोरीदेखि अधबैंसे महिलाहरू पनि उत्तिकै आकर्षित छन् ।

जुनसुकै पहिरन पनि फेसनेबल

आधुनिक मानिसमा फेसनको प्रभाव चर्काे छ । धेर वा थोर आफ्नै ठाउँमा छ तर फेसनको प्रभाव नपरेको कुनै वर्ग छैन । त्यसैले अफिस जाँदा, अन्यत्र हिँड्डुल गर्दा तथा विभिन्न अवसरमा उपस्थित हुँदा लगाइने पहिरनमा ध्यान दिनु आवश्यक छ । वर्तमान समयमा शरीर ढाक्न जस्तोसुकै पहिरन लगाए पनि  हुन्छ भन्नु मूर्खता हो अर्थात् अहिलेको समयले सुहाउँदो पहिरनको माग गर्छ । पहिरन कत्तिको आरामदायक तथा समयसापेक्ष छ भन्ने कुरामा सचेत भए मात्र पहिरनको महत्व झल्कन्छ । तसर्थ जुन पहिरन आफूलाई सुहाउँछ र हेर्नेलाई पनि छि भन्ने हँुदैन त्यही पहिरन फेसनेबल हुनसक्छ ।

 

 Image