Successfully Copied

मनसुनमा पनि रेशमी केश

वर्षाको मौसममा सबैभन्दा बढी ध्यान केशमा दिनुपर्छ, अन्यथा केश झर्ने समस्या हुन्छ । पौष्टिक आहार लिनुपर्छ केश बढ्ने कुरा व्यक्तिको डाइटमा निर्भर गर्छ ।

वर्षाको मौसममा सबैभन्दा बढी ध्यान केशमा दिनुपर्छ, अन्यथा केश झर्ने समस्या हुन्छ ।

पौष्टिक आहार लिनुपर्छ

केश बढ्ने कुरा व्यक्तिको डाइटमा निर्भर गर्छ । केशको उचित वृद्धिका लागि प्रोटिन, क्याल्सियम एवं मिनरल्सयुक्त आहार ग्रहण गर्नुपर्छ । त्यसबाहेक आहारमा फल, सलाद तथा जरायुक्त तरकारी आदि पनि समावेश गर्न सकिन्छ ।

केश कवर गर्नुपर्छ

वर्षामा केश भिज्न दिनुहुँदैन । कारण वर्षाको प्रदूषित पानीका कारण केशको जरा कमजोर हुन्छ र केश झर्न थाल्छ । वर्षाको फोहोर पानी र नमी भएको हावाबाट केशलाई सुरक्षा प्रदान गर्न केशलाई कपडा वा स्कार्फले छोप्नुपर्छ  । केशको सुरक्षाका लागि गोलो ह्याट पनि प्रयोग गर्न सकिन्छ ।

सर्ट एण्ड ट्रेन्डी हेयर कट

वर्षाका बेला छोटो हेयर स्टाइल नै उपयुक्त हुन्छ । फन्की हेयर कट वर्षायाममा फेसनमा रहन्छ । कारण यसलाई सम्हाल्न सजिलो हुन्छ । कर्ली र स्ट्रेट हेयर पनि यतिबेला सुहाउँदो हुन्छ ।

केश धुनुपर्छ

वर्षामा एकदिनको अन्तरालमा केश धुँदा केशलाई पसिना र चिपचिपबाट जोगाउन सकिन्छ । केश धुनुपूर्व मनतातो नरिवल तेलले मालिस गर्नुपर्छ । त्यसपछि स्याम्पुले धोएर कन्डिसनर प्रयोग गर्नुपर्छ । यसो गर्दा केश जराबाटै बलियो एवं नरम रहन्छ ।

हेयर प्रोडक्ट्सको प्रयोग

केशलाई सुहाउने स्याम्पु नै प्रयोग गर्नुपर्छ । आफ्नो मन खुसी जुन पायो त्यही स्याम्पु प्रयोग गर्नु उपयुक्त होइन । भिजेको केशमा काइँयो प्रयोग गर्नु हुँदैन । यसबाट केश झर्ने सम्भावना हुन्छ । भिजेको केश बाँध्नु पनि हुँदैन । केशमा जेल वा सिरमजस्ता स्टाइलिस्ट प्रोडक्ट सकेसम्म कम प्रयोग गर्नुपर्छ ।

केशलाई प्राकृतिक राख्नुपर्छ

यो मौसममा केशलाई पर्मिङ, स्ट्रेटनिङ तथा कलर गर्नु हुँदैन । कारण यो मौसममा केश भिज्ने हुनाले स्टाइलको अर्थ रहँदैन, बरु केश कमजोर हुन्छ । नरिवल तेलले मसाज गर्नु लाभदायक हुन्छ ।

 Image