Successfully Copied

कलाकार समुन्द्रमान सिंह श्रेष्ठको एकल प्रदर्शनी

नेपाली परम्परागत कला क्षेत्रमा विगत दुई दशकदेखि क्रियाशील रूपमा लागिरहेका कलाकार समुन्द्रमान सिंह श्रेष्ठको यो पहिलो एकल कला प्रदर्शनी हो

बोधीसत्व ग्यालरीको आयोजनामा नेपालका चर्चित युवा कलाकार समुन्द्रमान सिंह श्रेष्ठको इम्बोडाइड इनलाइटमेन्ट शीर्षकको ऐतिहासिक परम्परागत पौभा कलाको एकल प्रदर्शनी  नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु भएको छ । प्रदर्शनीको उद्घाटन नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले गरेका हुन्र । नेपाली परम्परागत कला क्षेत्रमा विगत दुई दशकदेखि क्रियाशील रूपमा लागिरहेका कलाकार समुन्द्रमान सिंह श्रेष्ठको यो पहिलो एकल कला प्रदर्शनी हो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा भएका दजनौं सामूहिक कला प्रदर्शनीमा सहभागी श्रेष्ठले विभिन्न संघसंस्थाबाट दर्जनौ पुरस्कार तथा सम्मान समेत पाइसकेका छन्र । कलाकार श्रेष्ठले विगत दुई दशक अघिदेखि बनाएका ७१ कलाकृति यसमा प्रदर्शनाीमा राखिएको छ । परम्परागत कलाको एकल कला प्रदर्शनी नेपालमा विरलै भएको पाइन्छ । एउटै चित्र बनाउन बर्षौ लाग्ने र धेरै चित्र बनाई एकल प्रदर्शनी गर्नु निकै कठिन काम हो ।

७१ वटा कलाको एकैचोटि प्रदर्शनी गर्नु पनि निकै कठिन कार्य हो । जुन कार्य बोधीसत्व ग्यालरीले संभव तुल्याएको छ । ग्यालरी सञ्चालक पूर्णमान शाक्य र अञ्जना शाक्यको संकलनमा रहेका ४४ वटा चित्र र बाँकी चित्र अन्य सातजना कला संकलकबाट कलाकृति ल्याई प्रदर्शनीमा राखिएको छ ।

उनले परम्परागत चिन्तनलाई आधार बनाइ कन्सेच्यूअल पेन्टिङ्ग बनाएका छन् । जसमा चोरिएका, हराएका तथा प्राकृतिक विपद्वाट नाश भएका पुरातात्विक सम्पदालाई समेट्ने कोसिस गरेका छन् । धर्म तथा संस्कृतिका विषयलाई निकै कलात्मक र आकर्षक रुपमा प्रस्तुत गरेका छन् । साथै क्यूरेटर तथा कलाविद् डा. डीना बाङ्गदेलले कलाकार समुन्द्रमान सिंह श्रेष्ठका कलाको वारेमा इम्बोडाइड इनलाइटमेन्ट कन्टेम्प्रोरी नेवारी पौभा पेन्टिङ्ग नामक पुस्तक सोही समारोहमा बजारमा ल्याएकी छिन् । प्रदर्शनीमा सबैभन्दा सानो .७ सेमी ह.५ सेमीको पूर्णकदको बुद्वको चित्र तथा ७ फिट ठूलो शिवशक्ति शिर्षकको चित्र समेत प्रदर्शनीमा राखिएको छ । 

 Image