Successfully Copied

गहना पारखीका लागि ज्वेलरी एक्स्पो

राजधानीको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा जेम्स एण्ड ज्वेलरी एक्स्पो चलिरहेको छ । एक्स्पोमा गहनाका पारखीहरुको भिडभाड लागेको छ । एक्स्पोमा न्यूनतम ८र१० हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्मका गहनाहरु प्रर्दशनीमा राखिएको छ ।

राजधानीको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा जेम्स एण्ड ज्वेलरी एक्स्पो चलिरहेको छ । एक्स्पोमा गहनाका पारखीहरुको भिडभाड लागेको छ । एक्स्पोमा न्यूनतम ८र१० हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्मका गहनाहरु प्रर्दशनीमा राखिएको छ । एक्स्पोमा गहनामात्र होइन, सुनचाँदीको टोपी, सुन लेपन गरिएको घडी लगायतका वस्तुहरु पनि रहेका छन् । जसले अवलोकनकर्ताको ध्यान खिच्न सफल भएका छन् ।

एक्स्पोमा सुन, चाँदी, बहुमुल्य पत्थरबाट बनेका गरगहना प्रर्दशनीमा राखिएको छ । प्रर्दशनीमा राखिएको आधा किलो सुनको टोपीमा सर्वाधिक आकर्षण देखियो । सर्वोत्ममुखी सुनचाँदी गहना उद्योगको स्टलमा सुनको टोपीमात्र होइन, सुनको ठूलो जन्तर र चन्द्रमा पनि राखिएको छ ।

तस्विरहरु: महेश प्रधान

 Image