Successfully Copied

‘ट्रु मी’ का नयाँ उत्पादन

ट्रु–मीका हेयर–केयर र स्किन केयरका सामग्रीहरू सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त भएको दावीे कम्पनीको छ ।


‘ट्रु मी’ का नयाँ उत्पादन बजारमा उपलब्ध छन् । राजधानी आयोजित कार्यक्रममा अभिनेतृ स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु–मीका विभिन्न उत्पादन सार्वजनिक गरेका हुन् । अमेरिकी प्रविधिबाट उत्पादित यसका व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रूपमा बिक्री–वितरण सुरू भएको छ ।
नेपाली बजारमा आधिकारिक रूपमा १७ किसिमका ट्रु–मीका हेयर–केयरका उत्पादन उपलब्ध हुनेछन् । जस अन्तर्गत केराटिन, हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, केराटिन हेयर स्ट्रेटिङ, हेयर ब्लिच पाउडर, डेभलपर, हेयर ट्रिटमेन्ट लगायतका सौन्दर्य प्रसाधन रहेका छन् । ट्रु–मीका हेयर–केयर र स्किन केयरका सामग्रीहरू सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त भएको दावीे कम्पनीको छ ।

 Image