Successfully Copied

इभेन्ट म्यानेजमेन्टको जिम्मामा विवाह

हरेक आमाबुवामा आफ्ना छोराछोरीको विवाह भव्य होस् भन्ने चाहना हुन्छ । विवाह भव्य बनाउन पहिले विवाहको समय तोकिएपछि वर्ष दिनअघिदेखि पूजाआजाका सामान, गरगहना, दुलहीका पहिरन एवं एसेसरिज जोर्नमा व्यस्त हुनुपथ्र्यो ।

हरेक आमाबुवामा आफ्ना छोराछोरीको विवाह भव्य होस् भन्ने चाहना हुन्छ । विवाह भव्य बनाउन पहिले विवाहको समय तोकिएपछि वर्ष दिनअघिदेखि पूजाआजाका सामान, गरगहना, दुलहीका पहिरन एवं एसेसरिज जोर्नमा व्यस्त हुनुपथ्र्यो । हप्तौं दिनदेखि छिमेकी तथा आफन्तहरू आएर काममा सघाउने चलन थियो तर अहिले प्राय: मानिसहरू व्यस्त छन् । त्यसैले अहिले कामकाजी आमाबुवाहरूलाई आफ्ना सन्तानको विवाहको कुराले निकै पिरोल्छ । त्यसैले विदेशमा जस्तै नेपालमा पनि वेडिङ इभेन्ट म्यानेजमेन्ट कम्पनीहरू सक्रिय छन् ।

जहाँ सम्पर्क गरेपछि विवाहको कुनै चिन्ता लिनु पर्दैन । डा. चन्दा कार्की एक व्यस्त चिकित्सक हुन् । उनलाई आफ्नी छोरीको विवाहको निकै चिन्ता थियो तर वेलकम वेडिङ इभेन्टमा गएपछि उनी ढुक्क मात्र भइनन् विवाहको भव्य बन्दोबस्त भएकाले उनले आफन्त, जन्ती आदि सबैबाट प्रशंसा पनि पाइन् । इभेन्ट म्यानेजमेन्टलाई कामको जिम्मा दिएपछि उसले विवाहका लागि आवश्यक सबै व्यवस्था गरिदिन्छ । आफ्नो संस्कृति, रीतिरिवाज एवं चलनअनुसार सबै व्यवस्था विधिपूर्वक गरिदिने हुँदा हिजोआज कतिपय मानिस इभेन्ट म्यानेजमेन्टप्रति आकर्षित हुँदै गएका छन् । 

सुरुमा इभेन्ट म्यानेजमेन्टहरूले विदेशमा बसेर आएका नेपालीहरूलाई लक्षित गरेका भए पनि अहिले यसलाई नेपालमै बसेका व्यस्त परिवारहरूले समेत रुचाउन थालेका छन् । समयको अभाव र म्यानपावरको कमीले गर्दा पनि इभेन्टप्रतिको मोह बढेको देखिन्छ । विदेशमा बसेर नेपालमा विवाह गर्न आउनेहरू अरूको भन्दा भिन्न र स्पेशल विवाह गर्न चाहन्छन् । कोही रोयल टच म्यारिज गर्न चाहन्छन् भने कोही सौराहा, मुस्ताङ, पोखरा, गोरखा, जनकपुरजस्ता रमणीय, धार्मिक एवं पर्यटकीय स्थलमा गएर विवाह गर्न खोज्छन् । त्यस्ता जोडीहरूलाई पनि यस्ता वेडिङ इभेन्ट म्यानेजमेन्टले सजिलो बनाएका छन् । अहिले चलिआएको मेहन्दी सेरोमनी, संगीत सेरोमनी आदिको व्यवस्था पनि इभेन्ट म्यानेजमेन्ट कम्पनीले नै मिलाई दिन्छन् । यस्ता सेरोमनीहरूमा एल्लो वा ग्रिन थिममा डेकोरेसन तथा पहिरनको थिम समेत बनाई कार्यक्रमलाई आकर्षक बनाइन्छ । वेलकम वेडिङ इभेन्टमा अनलाइन भिडियो कन्फ्रेन्स गरेर पनि थुप्रै विवाह गराइएको छ ।

विवाहका लागि नेपाल आउन नसके पनि विदेशमै बसेर पनि नेपाली शैलीमा पूजाआजा गरेर विवाह गर्न चाहनेहरूका लागि यहाँबाट पुरोहितको अनलाइन व्यवस्था मिलाएर विवाह सम्पन्न गर्नेहरू पनि उत्तिकै छन् । घरपरिवारबाटै विवाहको काम सम्पन्न गर्नेहरूले पनि विवाहको सम्झनाका लागि फोटोग्राफी र भिडियोका लागि राम्रै पैसा खर्च गरेर विवाहलाई फोटोको माध्यमबाट ताजा राख्न चाहन्छन् । नेपालमा विवाहकै फोटो– भिडियोको मात्र काम गर्ने इभेन्ट म्यानेजमेन्ट कम्पनीहरू पनि छन् । 

 Image