Successfully Copied

जाडो सामना गर्न तयार गरौं केशलाई

छालाजस्तै केश पनि मौसमको सिकार हुन्छ । त्यसैले चिसो मौसममा केशको ख्याल राख्नु आवश्यक छ ।

छालाजस्तै केश पनि मौसमको सिकार हुन्छ । त्यसैले चिसो मौसममा केशको ख्याल राख्नु आवश्यक छ । केशको सुन्दरता एवं स्वास्थ्य कायम राख्न निम्न कुरामा ध्यान दिनुपर्छ । 

हेल्दी डाइट र सप्लिमेन्ट : यदि भित्रैबाट स्ट्रङ हुनुहुन्छ भने त्यसको प्रभाव केशमा स्पष्ट देखिन्छ । यदि आफ्नो डाइटमा हेल्दी न्युट्रिसन छ भने त्यसबाट शरीर स्वस्थ रहन्छ र छालामा पनि चमक देखिन्छ । यसको प्रभाव केशमा पनि पर्छ । यसका लागि पर्याप्त प्रोटिनयुक्त डाइट सेवन गर्नुपर्छ । जसमा अण्डा, चिकेन, ओमेगा थ्री फ्याटी एसिड, आइरन, काजु तथा बदाम आदि प्रमुख छन् । यसबाहेक आइरन तथा फोलिक एसिडको सप्लिमेन्ट ग्रहण गर्न सकिन्छ र यसले केशलाई हेल्दी राख्छ । 

यदि डाइटमा न्युट्रिसनको मात्रा भरपूर छ भने पनि जाडोको मारबाट जोगिन भिटामिन बी कम्प्लेक्स तथा प्रोटिन क्याल्सियमको सप्लिमेन्ट सेवन गर्न सकिन्छ । यदि अत्यन्त हेयरफल हुन्छ भने डर्मेटोलोजिस्टको सल्लाह लिनुपर्छ ।

ब्लोड्रायरको प्रयोग 

जाडो मौसममा नरमपन धेरै हदसम्म कम हुन्छ । यस्तोमा केशमा ड्रायर तथा हट आइरनको प्रयोग कम गर्नुपर्छ । केशमा ड्रायर प्रयोग गर्दा शिरको रोमछिद्र खुल्छ । जसबाट मैलो रोमछिद्र भित्र प्रवेश गर्छ । यसबाट केशको जरा कमजोर हुन्छ । अत: केशमा ड्रायर गर्नुभन्दा पहिले शिरको सतहमा क्रिम लगाउनुपर्छ  यस्तो क्रिमको सहयोगले ड्रायरबाट हुने नोक्सानी धेरै हदसम्म कम गर्न सकिन्छ । 

दिनहुँ शिरको मसाज 

केश र शिरको सतहको मसाजका लागि जैतुन वा नरिवलको तेल प्रयोग गर्नुपर्छ । यसबाट केशको नरमपन कायम रहन्छ । यसको अर्थ बढी तेल प्रयोग गर्नु र त्यो तेल सफा गर्न बढी मात्रामा स्याम्पुको प्रयोग गर्नु होइन, जसले केशलाई हानि हुन्छ । आमरूपमा केशलाई सातामा दुई पटक ओयलिङ र मसाज गर्दा केश स्वस्थ रहन्छ । चिसो मौसमभन्दा पहिले र चिसो मौसममा दैनिक रूपमा ओयलिङ र मसाज गराउन सकिन्छ । 

मोइस्चराइजिङ स्याम्पु र कन्डिसनर 

जाडो मौसममा केश सुख्खा हुनु सामान्य हो । यस्तोमा मोइस्चराइजिङ स्याम्पु र कन्डिसनरको प्रयोग उपयुक्त हुन्छ । दही, अण्डा र हिना प्रयोग गर्दा केश नरम हुन्छ । केशमा डेन्ड्रफ छ भने कागती प्रयोग गर्न सकिन्छ । 

शिरको सतह राखौं स्वस्थ : शिरको सतहलाई स्वस्थ राख्न केही ट्रिटमेन्ट पनि गराउनुपर्छ । यी ट्रिटमेन्ट मेडिकल थेरापीका रूपमा उपलब्ध छन् । जस्तै लेजर लाइट थेरापी, ओजोन थेरापी, स्टेम सेल थेरापी वा एलहेडी थेरापी । यी सबै थेरापीमार्फत केशको सतहलाई स्वस्थ राख्न सकिन्छ । यसबाट डेन्ड्रफका साथै केशका अन्य समस्याबाट पनि छुटकारा पाइन्छ । 

लेजर लाइट थेरापी : जब शरीरको सतहमा सही रूपमा रक्त प्रवाह हुँदैन वा हार्मोन डेफिसिएन्सी हुन्छ तब शिरको सतहमा नोक्सान पुग्छ । यस्तोमा लेजर फोटोथेरापीका माध्यमबाट सतहलाई समस्याहरूबाट टाढा राख्न सकिन्छ । 

यो थेरापीमा केशको सतहलाई जेन्टल वा नरिसिङ लाइटले धुनुपर्छ । यो उपायबाट केशको सतहमा पुन: ऊर्जा संचार हुन्छ र केश पुन: ग्रोथ हुन थाल्छ । यसबाहेक लेजर थेरापीबाट केशको सतहमा रोकिएको रक्त प्रवाह पनि ठीक गर्न सकिन्छ । 

ओजोन थेरापी 

केशको ग्रोथ रिपेयरका लागि हो । शरीरको कुनै पनि भागमा अक्सिजनको प्रवाहलाई ओजोन थेरापीको नामले चिनिन्छ । अक्सिजनको यो फ्रिरेडिकल्स शरीरमा भएको हानिकारक तत्व बाहिर निकाल्न सहायक हुन्छ । यस्तै तत्व हाम्रो शरीरको सतहमा पनि हुन्छ । जुन ओजोन थेरापीका माध्यमबाट सतहबाट बाहिर निस्कन्छ । यो थेरापीको प्रभावबाट केश झर्न पूर्णरूपमा बन्द हुन्छ र नयाँ केश उम्रन थाल्छ । 

स्टेम सेल थेरापी : यो ट्रिटमेन्टमा भिटामिन, अमोनोएसिड्स तथा पेप्टाइड्सको मिक्स्चरलाई अरु एक्टिभ इनग्रिडिएन्ट्सका साथ मिलाएर शरीरको सतहको स्टेम सेल्सलाई एक्टिभ गरिन्छ । यसबाट केशको ग्रोथ तीव्र हुन्छ । यो ट्रिटमेन्ट धेरै सेसनमा पूरा हुन्छ । तीव्र रिकवरीका लागि हेयर लेजर एलइडी थेरापी पनि प्रयोग गर्न सकिन्छ । 

एलइडी थेरापी : एलइडी अर्थात् लाइट एमिटिङ डायोड थेरापीमा थुप्रै लेजरलाई मिलाएर ट्रिटमेन्ट गरिन्छ । यो हेयरलस र हेयरग्रोथ ट्रिटमेन्टमा प्रभावकारी हुन्छ । 

प्लेटलेट रिच प्लाज्मा : यो ट्रिटमेन्ट रोगीको रगतमा भएको सिरमलाई अलग–अलग गरिन्छ । यसबाट एक्टिभ प्लेटलेट अलग हुन्छ । त्यसपछि यसलाई शरीरको सतहमा प्रयोग गरिन्छ, जसले केशको ग्रोथ अझ तीव्र हुन्छ । 

 Image