Successfully Copied

रिसेप्सन पार्टीका दिन पहिरन

रिसेप्सनका दिन दुलहीले लेहेंगा वा साडी लगाउनु उपयुक्त हुन्छ । यी पहिरनमा दुलही डिसेन्ट र सोभर देखिन्छिन् । रिसेप्सन पार्टीका दिन साथीभाइ तथा आफन्तहरू आउने हुँदा यो दिन दुलहीका लागि महत्वपूर्ण हुन्छ । साडी वा लेहेंगा नेपाली शैलीको लगाउँदा राम्रो देखिन्छ ।

सुरिता श्रेष्ठ, फेसन डिजाइनर, डुपियन फेसन स्टाइल, ज्वागल कुपणडाेल

रिसेप्सनका दिन दुलहीले लेहेंगा वा साडी लगाउनु उपयुक्त हुन्छ । यी पहिरनमा दुलही डिसेन्ट र सोभर देखिन्छिन् । रिसेप्सन पार्टीका दिन साथीभाइ तथा आफन्तहरू आउने हुँदा यो दिन दुलहीका लागि महत्वपूर्ण हुन्छ । साडी वा लेहेंगा नेपाली शैलीको लगाउँदा राम्रो देखिन्छ । आफ्नो शरीरको बनावट, कम्प्लेक्सन तथा चलिआएको ट्रेन्डअनुसार पहिरन तयार गराउनुपर्छ । यसपटक दुलहीहरूका लागि बनारसी साडी भित्रिएको छ । अहिलेका दुलहीहरू परम्परागत लुक्समा मोर्डन तथा स्टाइलिस्ट देखिन चाहन्छन् । त्यसैले नेपालमा पहिलेदेखि चलिआएका दोपट्टाका साडीहरू पुन: डिजाइनर लुक्समा भित्रिएका छन् । बनारसी साडीमा लङ ज्याकेट स्टाइलको ब्लाउजको प्रयोग बढ्दो छ । लङ ज्याकेट रसिल्क र भेल्भेटमा बनाउँदा दुलही सुन्दर देखिन्छिन् । अहिले चिसो मौसम भएकाले दुलहीको पहिरनमा पनि न्यानोका साथ अझ आकर्षक लुक्स दिनुपर्ने हुँदा लङ ज्याकेटमा स्लिभलेस डिजाइन गर्ने । सिल्क मटेरियलमा हाइनेक स्टाइल डिजाइन गर्ने । ब्लाउजमा लङ ज्याकेट, क्याप स्लिभ, फूलकारी तथा चाइनिज नेक ब्लाउज उपयुक्त हुन्छ । पार्टीका लागि बनारसीका साथमा साउथ इन्डियन, कान्जीबरम साडी फेसनमा छ । यसपटक नेटको ट्रेन्ड भने पार्टीको समयका लागि त्यति रुचाइएको छैन । रिसेप्सन पार्टीका लागि फूलकारीको लेहेंगा, जरी भेल्भेट, ह्यान्ड इम्ब्रोइडरी भएको डाप्का वर्क लोकप्रिय छ । यद्यपि दुलहीले आफ्नो रुचि र शरीरको पनि त्यत्तिकै ख्याल गर्नुपर्छ । मोटी दुलहीले ब्लाउजको लम्बाइ र नेक डिजाइन, स्लिभको लम्बाइले बडी डिजाइन गर्नुपर्छ । लामो ब्लाउज लगाउनुका साथै डिप कट नेक डिजाइन गर्नुपर्छ । स्लिभ लेन्थ थ्री क्वाटर लगाउने । कपडा छान्दा नरम तथा फल आउने र सकभर स्ट्रिटेबल कपडा छान्ने । कपडाको कलर डार्क तथा ब्राइट रोज्नुपर्छ । सिक्वेन्सले वर्क गरेको कम लगाउने । विड्स, जरी र कास्गेपी वर्क गरेको हुनुपर्छ । साडीको बुट्टा मसिनो रोज्नुका साथै बोर्ड कम भएको लगाउने । मोटा दुलहीले लगाउने ब्लाउजको लम्बाइ लेहेंगाको लम्बाइसँग छोएको हुनुपर्छ । लेहेंगाको नेक डिजाइनमा इम्ब्रोइडरी गर्दा फेब्रिकको कलरमा कन्ट्रास्ट हुनुपर्छ । त्यसले स्लिम लुक दिन्छ । स्कर्ट लगाउँदा  हिप बोनबाट सुरु गर्नुपर्छ र लम्बाइमा लत्रिएको हुनु जरुरी छ । लेहेंगाको कट प्रिन्स लाइन लिएर कट गर्नुपर्छ जसले गर्दा हिपदेखि थाइसम्मको सेप राम्रो देखिन्छ । यसले स्लिम तथा अग्लो पनि देखाउँछ । डार्क र ब्राइट कलर प्रयोग गर्ने । सिक्वेन्स वर्क छाती, वेस्ट र हिपको भागमा कम गर्ने । होचा दुलहीका लागि लेहेंगा सकभर लहरा डिजाइनमा जानुपर्छ र ब्लाउजको लम्बाइ लामो गर्नुपर्छ । अग्लो र स्लिम लुक्सका लागि ब्लाउज र लेहेंगा थाइसम्म फिटिङ हुनुपर्छ जसले गर्दा अग्लो देखाउन सहयोग मिल्छ । नेकदेखि थाइसम्म एकैपटक आँखा पुग्ने हुुँदा सकभर स्कर्टमा लामो तथा ठाडो बुट्टा दिने । बुट्टा दिँदा डिफाइन तथा सफा हुनुपर्छ । तर दुलहीले जल वर्क इम्ब्रोइडरी नलगाउनु नै राम्रो हुन्छ । विवाहका लागि सकभर रातो, पहेंलो, अरेन्ज, ग्रिन, गोल्डेन आदि कलर प्रयोग गर्ने । कलरले पनि मानिस कति खुसी र दु:खी छ भन्ने परिचय दिन्छ । जीवनमा एकपटक गरिने विवाहमा दुलहीको पहिरन विशेष हुनुपर्छ अर्थात् दुलहीको हाइट, मोटाइ, रूप–रंग एवं समयको मागअनुरूप पहिरन बनाउनुपर्छ ।   ]

 

 Image