Successfully Copied

सुरक्षित भविष्यका लागि बचत

सुखद वर्तमान एवं उज्ज्वल भविष्यका लागि उचित प्रयास फाइदाजनक साबित हुन्छ । पैसा उडाएर रमाइलो गर्नु मात्र जिन्दगी होइन । जीवनमा भविष्यको योजना पनि बनाउनुपर्छ । यसका लागि वित्तीय योजना बनाउनुपर्छ ।

सुखद वर्तमान एवं उज्ज्वल भविष्यका लागि उचित प्रयास फाइदाजनक साबित हुन्छ । पैसा उडाएर रमाइलो गर्नु मात्र जिन्दगी होइन । जीवनमा भविष्यको योजना पनि बनाउनुपर्छ । यसका लागि वित्तीय योजना बनाउनुपर्छ । 

समय–समयमा आउने आवश्यकता र जिम्मेवारी पूरा गर्नका लागि बचतको प्रतिफल राम्रो सहारा बन्छ । यसले आर्थिक सुरक्षाको अनुभव गराई जीवनलाई सजिलो बनाइदिन्छ । 

बचतको बानी  

हरेक महिना आफ्नो आयको केही भाग बचत खातामा राख्नुपर्छ । त्यसपछि बचेको पैसाले महिनाभरिको बजेट बनाउनुपर्छ । रकम थोरै होस् वा धेरै यसले कुनै फरक पार्दैन । बचतको बानी बसेपछि बानी पर्छ । बचत बढ्दै गएपछि एकप्रकारको खुसीका साथै प्रेरणा प्राप्त हुन्छ । यसले आफ्नो आर्थिकस्थिति बलियो बन्छ । 

उचित योजना  

भविष्यलाई ध्यान दिएर योजना बनाउनुपर्छ । आफ्नो घरको सबै खर्चको हिसाब लगाएर कुल आम्दानीमा जोड्नुपर्छ । खर्च र आम्दानीको तुलना गर्नुपर्छ । जति रुपैयाँ बचत हुन्छ त्यसले भविष्यको आवश्यकता पूरा गर्छ कि गर्दैन विचार गरी फजुल खर्चमा कटौती गर्नुपर्छ । 

खर्चमा कटौती 

घाँटी हेरी हाड निल्नु भनिन्छ । त्यसैले अनावश्यक एवं बिलासिताका सामानहरू खरिद गर्नु हुँदैन । आफ्नो आय कति छ त्यसमा सीमित भएर खर्च गर्नुपर्छ । आफ्नो दैनिक खर्चमा पनि ध्यान दिनुपर्छ । बजार जानुभन्दा पहिले सामानको लिस्ट बनाउनुपर्छ । कुनै पनि सामान खरिद गर्दा मोलतोल गर्नुपर्छ । पैसा क्यासमा तिर्नुपर्छ । क्रेडिट कार्ड भरसक प्रयोग गर्नु हुँदैन । क्रेडिट कार्ड प्रयोग गर्दा धेरै खर्च हुनसक्छ । 

अलग–अलग बचत खाता 

बचत रकमलाई स्यालरी एकाउन्टमा राख्नुको साटो अलग बचत खातामा राख्नुपर्छ । बचतका लागि पैसा अलग–अलग ठाउँमा लगानी गर्नुपर्छ । 

उपयुक्त लगानी 

लगानीका विषयमा गम्भीर भएर निर्णय लिनुपर्छ । लगानीको विकल्प आफ्नो आवश्यकताअनुसार छनोट गर्नुपर्छ । यसका लागि आवश्यकता, उमेर, जोखिमको सम्भावना एवं लगानीको लक्ष्य आदिमा ध्यान पुर्‍याउनुपर्छ । लगानीको योजना बनाउँदा त्यसको समय तथा आफूलाई प्राप्त हुने प्रतिफलमा सजग हुनुपर्छ । 

वित्तीय लक्ष्य 

सबैभन्दा पहिले कुन कुरामा लगानी गर्ने निर्णय गर्नुपर्छ । दीर्घकालीन गर्ने कि अल्पकालीन दुवै महत्वपूर्ण छन् । योजना बनाउँदा आफ्नो पँुजीमा पनि ध्यान पुर्‍याउनुपर्छ । बिजुलीका उपकरण, गाडी एवं घर खरिद गर्दा पर्याप्त विचार पुर्‍याउनुपर्छ । साना सामानहरू खरिद गर्न त्यति सोच्नु पर्दैन तर घर वा गाडी खरिद गर्न बढी पैसा लाग्छ । त्यसैले यसका लागि लामो योजना बनाउनुपर्छ । 

 Image