न्यू फेसन बुटिक

नारी संवाददाता

मंसिर २५, २०७२

आउटलेट : कपन, मिलनचोक 

विशेषता : हरेक मौसम तथा पर्वका लागि चाहिने सबै प्रकारका परिधानका लागि उपयुक्त । 

न्यू फेसन बुटिककी अर्चना श्रेष्ठ भन्छिन्–मौसमअनुसार परिधान छनोट गर्नुपर्छ । गर्मी महिनामा हलुका रंगका हलुका फेब्रिक प्रयोग गर्नुपर्छ भने जाडो महिनामा गाढा तथा हेभी फेब्रिक प्रयोगमा ल्याउनुपर्छ । कपनस्थित यो बुटिक निकै लोकप्रिय छ । यहाँ मौसम सुहाउँदा तथा समयअनुसार सबै खालका परिधान उपलब्ध छन् ।  यहाँ १६ वर्षदेखि ४० वर्षसम्मका महिलाहरू सामान खरिद गर्न आउँछन् । समय–समयमा सेल लगाइने यो बुटिकमा भनेअनुसारका परिधान उपलब्ध गराइन्छ । यहाँ शारीरिक संरचनाअनुसार कस्तो परिधान सुहाउँछ सल्लाह दिँदै त्यसैअनुरूप परिधान तयार गरिन्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>