Successfully Copied

सकुन्तला दाहाल, साप्तीक फुड

साप्तीक फुडका सकुन्तला दाहालसंग अचारकाे बारेमा कुराकानी

जाडो र गर्मी महिनाको अचार फरक फरक हुन्छ ?

अचार पनि कृषिसंगै सम्बन्धित भएकोले सिजन अनुशार फरक हुनछ तर सामान्यतया शिशीमा प्याक गरेर राख्ने अचार वर्ष भरि नै खान सकिन्छ । जाडोमा बढी मसलेदार तथा पीरो अचार बढी रुचाइन्छ । 

बटामा बन्द गरि बनाउने अचारलाई सुरक्षित कसरी राख्ने ?

तुलनात्मक रुपमा जाडोमा बनाइने अचार बढी समय रहन्छ । तर पनि यसरी लामो समय सम्मलाइृ खान योग्य अचार बनाउँदा पोषण र सुरक्षालाई ध्यान दिनु पर्छ । त्यसैले पहिले बोटललाइृ नै बढी प्राथमीकता दिनु पर्छ । यदि शिशाको बोटलमा अचार राख्ने हो भने भाडामा पानीसंगै बोटल पनि राखेर उमालेर १० मिनेट सम्म राख्ने । त्यस पछि झिकेर सुकाउने र बटामा अचार हालेर लेदो माथि पूरै लपक्कै तेल हालेर बन्द गर्ने ।

प्लास्टिकको बटामा अचार भरेर राख्ने हो भने के गर्नु पर्छ ?

प्लास्किको बटामा अचार राख्ने हो भने केएमसी केमीकललाइृ पानीमा राखेर बटालाइृ आधा घण्टासम्म डुबाएर राख्ने । त्यस पछि सुखखा गरेर घाममा सुकाउने र सुकेको २ घण्टा भित्र अचारलाइृ बटा भित्र प्याक गरि सक्नु पर्छ ।

अचारलाई घाममा राख्नु कतिको उपयुक्त छ ?

प्रायले शिशीको अचारलाइृ घाममा बोटल खोलेरै राख्ने चलन छ । जुन स्वास्थको लागि समेत हानीकारक छ । साथै अचारको कलर पनि उड्छ । शिशीमा राखिएको अचारलाई कोठाको तापक्रममा त्यतिकै राख्दा नै हुन्छ ।

शिशी प्याक गर्ने विधी चाहिं ?

अधि सफा गरेको बोटलमा बनाएको अचार राख्ने र तेल लपकक छोपेर टाइट हुने गरि बन्द गर्नु पर्छ । 

शिशीको अचार बनाएर कति समय भित्र खान सकिन्छ ?

यो कुरा अचारमा भर पर्छ । यदि मूलाको अचार हो भने १० दिन भित्र खान सकिन्छ , कात्रोको भए १ हप्ता, कागतीको अचार १ महिना सम्म गलाउनु पर्छ ।

शिशी खोलेर कति समयसम्म त्यो अचार खान योग्य हुन्छ ?

शिशी खोलेर १ महिनासम्म खान सकिन्छ ।

जाडो महिनाको लागि बढी कुन अचार उपयुक्त हुन्छ ?

सिजनका अनुशार कागती, लप्सी, मूलाको अचार 

कतिपय बेला शिशी खोलर ३,४ दिनमै अचार ढुसी पर्नुको कारण चाहिं के होला ?

शिशी खोलेर अचार लिने बेला भिजेको चम्चा डुवाउँदा ढुसी पर्छ । त्यसैले चम्चा डुबाउँदा सफा रुमालले पुछेर मात्र अचार लिने गर्नु पर्छ । 

 Image